Home Login
युरोप

नाबालिकलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन न्यूनतम उमेर १६ वर्ष

युरोपेली सांसदहरूले नाबालिकलाई हानिकारक अनलाइन सामग्रीबाट जोगाउन अभिभावकको सहमति बिना सामाजिक सञ्जाल र इआइको सहयोगमा पहुँचका लागि न्यूनतम उमेर १६ वर्ष कायम गर्ने प्रस्ताव अघि सारेका छन् ।

युरोपेली संसदको आन्तरिक बजार तथा उपभोक्ता संरक्षण समितिले पारित गरेको प्रतिवेदनमा सांसदहरुले १३ वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकालाई अभिभावकको अनुमति बिना वा बिना सामाजिक सञ्जालमा पहुँच गर्न नदिन सिफारिस गरेका छन् ।

उनीहरूले डिजिटल सेवा ऐन डीएसए अन्तर्गत नाबालिकहरूको सुरक्षा गर्ने युरोपेली समूहको नियमहरूको उल्लङ्घन गर्ने प्ल्याटफर्महरुमा जरिवाना र प्रतिबन्धका लागि पनि आह्वान गरेका छन् । पछिल्लो समय बच्चाहरूको मानसिक स्वास्थ्य र सुरक्षामा अनलाइन प्रविधिको प्रभावको बारेमा चिन्ता बढेको छ ।

पेश गरिएको रिपोर्टमा भनिएको छ, कुनै पनि अनलाइन प्लटफर्महरुले नाबालिकलाई नकारात्मक प्रभाव पार्ने सामग्री बनाउने र प्रयोगका लागि प्रोत्साहन गर्ने काम रोक्नुपर्छ, भारी बहुमतले समितिमा पारित गरिएको यो प्रस्तावलाई नोभेम्बर २४ र २७ को बीचमा पूर्ण संसदको पूर्ण सत्रमा मतदानका लागि राखिनेछ ।

सांसदको यो प्रस्तावले बढ्दो डिजिटल पहुँचलाई नियमन गर्ने र बालबालिकाका लागि सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउन इयु व्यापी पहललाई टेवा प्रदान गर्नेछ । यदि नोभेम्बर २४ र २७ को बीचमा हुने पूर्ण संसदको पूर्ण सत्रमा बहुमत मतदान परे यो कानुन पारित हुनेछ ।

Leave a Reply