Home Login
नर्वे

राष्ट्रिय एकता दिवसमा नर्वेमा नेपाली संगठनबीच एकता

नर्वे — पौष २७ राष्ट्रिय एकता दिवसको अवसरमा प्रवासी नेपाली सम्पर्क विभाग, नर्वे र नर्वेमा क्रियाशील “सद्भाव समूह नर्वे” (विवेकशील साझा पार्टीको प्रवासी समूह) बीच सांगठनिक एकता भएको छ ।

दुवै पक्षबीच भएको सहमतिअनुसार अब सबै गतिविधि प्रवासी नेपाली सम्पर्क विभाग, नर्वेको नामबाट सञ्चालन गरिनेछ । एकतासँगै नर्वेमा रहेका नेपाली समुदाय, संघ–संस्था र व्यक्तिहरूबीच आपसी सद्भाव, सहकार्य र एकता प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ ।

साथै संगठनलाई समावेशी बनाउँदै जनजाति, दलित, मधेसी, महिला लगायत सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने र प्रवासको दक्षता तथा क्षमतालाई देशसँग जोड्ने विषयमा सहमति भएको जनाइएको छ ।

यस एकताले आगामी दिनमा नर्वेमा रहेका नेपाली समुदायलाई अझ संगठित र एकीकृत बनाउने अपेक्षा गरिएको छ ।

Leave a Reply