Home Login
राजदूतावास

म्याड्रिडस्थित नेपाली राजदूतावास नयाँ स्थानमा सर्दै, तीन दिन सेवा स्थगित हुने

म्याड्रिड (स्पेन) स्पेनको राजधानी म्याड्रिडस्थित नेपाली राजदूतावास नयाँ स्थानमा स्थानान्तरण हुने भएको छ । राजदूतावासले एक सार्वजनिक सूचना जारी गर्दै कार्यालय सार्ने प्रक्रियाका कारण केही दिन राहदानी तथा कन्सुलर सेवाहरू प्रभावित हुने जानकारी दिएको छ ।

राजदूतावासका अनुसार कार्यालय स्थानान्तरणको कार्यलाई व्यवस्थित बनाउन यही मार्च ४ देखि मार्च ६ सम्म राहदानी र कन्सुलर सम्बन्धी सम्पूर्ण सेवाहरू बन्द रहनेछन्। मार्च ६ सम्ममा स्थानान्तरणको सम्पूर्ण प्रक्रिया पूरा गर्ने लक्ष्य राखिएको छ । यस अवधिमा सेवा लिन चाहने सेवाग्राहीहरूमा पर्न जाने असुविधाप्रति राजदूतावासले क्षमायाचना समेत गरेको छ ।

स्थानान्तरण पश्चात राजदूतावासको नयाँ कार्यालय Calle de Lagasca, 24, 2ª Izq, 28001 Madrid बाट सञ्चालनमा आउनेछ । नयाँ ठेगानाबाट आगामी मार्च ९ सोमबारदेखि नियमित रूपमा सबै सेवाहरू सुचारु गरिने दूतावासले जनाएको छ । स्पेनमा रहेका नेपाली समुदाय र सेवाग्राहीहरूलाई नयाँ ठेगाना अनुसार नै सम्पर्क गर्न र सेवा लिन दूतावासले आग्रह गरेको छ ।

Leave a Reply