२०२४ को निर्वाचनमा कुनै पार्टीको पनि बहुमत आएन

दीपक भण्डारी,
पोर्चुगल । यहि 10 मार्चमा भएको पोर्चुगलको मध्यवर्ति सम्सदीय चुनाबमा कुनै पनि दलको स्पस्ट बहुमत आएन ।

वर्तमान सत्तारूढ सोसलिस्ट पार्टी (PS) ले आफ्नो पुरानो बहुमत गुमाउदै पराजित भएको छ ।

जम्मा २३० सिटका लागि भएको चुनाबमा कुनै पनि दलले स्पस्ट बहुमत ल्याउन सकेनन । प्रमुख विपक्षी गठबन्धन डेमोक्रेटिक एलायन्स (AD) लोकप्रिय मतका साथ पहिलो शक्तिको रूपमा अगाडि आएको छ भने अति दक्षिणपन्थी पार्टी सेगा (Chega) संसदमा तेस्रो पार्टीको रुपमा उदाएको छ ।

यस पटकको निर्वाचनमा अघिल्लो सन् २०२२ मा भएको  चुनाव भन्दा बढी मत खसेको छ । यो पटकको निर्वाचनमा लगभग ६६.२४ प्रतिशत मत खसेको छ भने अघिल्लो सन्  २०२२ को चुनावमा ५१.५ प्रतिशत मात्र मत खसेको थियो ।

विपक्षी डेमोक्रेटिक एलायन्स (AD) ले यस पटकको संसदीय चुनावमा बहुमतका साथ पहिलो स्थानमा पुग्ने अनुमान गरिएको थियो तर मतगणनाको परिणामले ठूलो लाभ अति दक्षिणपन्थीहरूले उठाएका छन् ।

सन २०२२ मा पहिलो पटक जम्मा ७.२ प्रतिशत मात्रै प्राप्त गरेको अति दक्षिणपन्थी सेगा पार्टीले यस पटक लगभग १९ प्रतिशत भोटका साथ तेस्रो शक्तिको रुपमा स्थापित भएको छ।  कडा अध्यागमन नीतिको पक्षधर यो पार्टी आप्रवासीप्रति विपक्षमा रहेको पाइन्छ ।

विपक्षी डेमोक्रेटिक एलायन्स(एडी) ले २९.८ प्रतिशत मत प्राप्त गरेको छ भने सत्तारुढ सोसलिस्ट पार्टी (PS) ले २८.७ प्रतिशत मत प्राप्त गरेको छ ।

यस पटकको परिणाम अनुसार स्पष्ट रूपमा पोर्चुगिजहरू विपक्षी गठबन्धन एडी र अति दक्षिणपन्थी पार्टी सेगा बीचको गठबन्धन सरकार चाहन्छन भन्ने सहज अनुमान गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *