irs भनेको के हो ?

ad1 ad1

पोर्चुगल । यदि तपाईँ पोर्चुगलमा हुनुहुन्छ र पोर्चुगल आइसकेपछि तपाईंले आफूले एक वर्षमा गरेको खर्चको विवरण भर्ने समय अब केही दिन पछि आउँदैछ। यसको मतलब २०२३ को IRS भर्ने समय अब केही दिन पछि आउदै छ ।

तपाईँले डिपेन्डेन्ट हटाउनु भएको छैन भने तपाईंले IRS भर्न मिल्दैन जस कारण तपाईँले IRS भर्नको लागि डिपेन्डेन्ट हटाउनुपर्ने हुन्छ।

यदि तपाईँ पोर्चुगलमा पुरानो हुनुहुन्छ भने तपाईंहरूको लागि यो धेरै महत्वपूर्ण छैन र यदि तपाईहरु पोर्चुगलमा नयाँ हुनुहुन्छ भने तपाईहरुको लागि एकदमै महत्वपूर्ण कुरा हो यो पुरानो साथीहरुले यो IRS को विषयमा सबै कुरा जानि सक्नु भएको छ। त्यसैले नयाँ आउनुभएको साथीहरूको लागि यो एकदमै महत्वपूर्ण कुरा रहेको छ।

  • irs भर्न के गर्नुपर्छ त ?

यदि तपाईँ पोर्चुगल आइसकेपछि तपाईँले काम गरिसकेपछि तपाईंले आफ्नो ट्याक्स तिर्नु भएको छ भने तपाईंले आफू बसेको घरको जुन्ता लिएर गएर तपाईँले फिनान्स अफिसमा डिपेन्डेन्ट हटाउनुपर्ने हुन्छ। डिपेन्डेन्ट हटाइसके पछि तपाईंले फिनान्सको कोड निकाल्नु पर्ने हुन्छ र तपाईले कोड निकालिसके पछि मात्र तपाईले IRS खुलेको समयमा भर्न सक्नुहुन्छ ।

भर्खरै एक दुई महिना भएको साथीहरुले IRS भर्न मिल्छ कि नाई र भर्दा के कस्तो फाइदा हुन्छ र नभर्दा के हुन्छ ?

यदि तपाईँ पोर्चुगलमा भर्खरै मात्र आउनुभएको छ  तपाईंले भर्खरै काम गरेर तपाईंको एक दुई महिनाको ट्याक्स मात्रै गएको छ भने तपाईंले अहिलेको IRS नभर्दा पनि हुन्छ। किनकि यदि तपाईँले चार पाँच महिनाको ट्याक्स तिर्नुभएको छ भने  र तपाईँले डिपेन्डेन्ट हटाउनु भएको छ भने तपाईंले IRS भर्न मिल्छ। एक दुई महिनाको ट्याक्सले तपाईंलाई केही पनि फरक पर्दैन र तपाईले अर्को वर्षको IRS भन्नको लागि अहिले नै डिपेन्ड हटाएर बस्नु होला।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *