उडान,संजय,अजेजे र एलनको स्वरमा “लिस्वन बार्ज” र्‍याप गीतमा सार्वजनिक

(नबिन सुनराको निर्देशक रहेको र्‍याप गीत “लिस्वन बार्ज” मा उडान,संजय,अजेजे र एलनको स्वर)

पोर्चुगल । विशेषगरी नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै माया,साथ र सपोर्ट भइरहेको पाइन्छ ।

त्यहीमाथि अहिले युरोपतिर बसोबास गर्ने नेपालीहरू एकदमै बढ्दै गएको पाइन्छ।अहिले युरोपमा सांगीतिक कार्यक्रमहरू धेरै मात्रामा भइरहेको पाइन्छ। नेपाली कलाकारहरु पनि युरोपतिर व्यस्त भइरहेको देखिन सकिन्छ।

अहिले युरोपेली मुलुक पोर्चुगलमा नेपालीहरू अरु युरोपेली मुलुक आउने र यतै बसोबास गर्ने गर्नेहरु एकदमै बढ्दै गएको छ ।

करिब चार महिना अगाडि युरोपको पानी गीतको बोल लिएर आएका उडान अहिले फेरि एक नयाँ गीत सार्वजनिक गरेका छन्।

नेपाली गीत संगीतलाई एकदमै माया गर्ने उडान उनको रुचि भने र्‍याप तिर रहेको छ। उनले गाउने गीत संगीतहरू पनि र्‍याप नै हुन्।

बिहीबार पोर्चुगलको राजधानी लिस्बनमा रहेको लव लिस्बन रेस्टुरेन्टमा एक कार्यक्रम गरी उडानले आफ्नो गीत सार्वजनिक गरेका छन्।

LISBON BARZ (लिस्वन बार्ज) बोलको र्‍याप गीतमा उडान सहित संजय,अजेजे र एलनले स्वरमा साथ दिएका छन्।नबिन सुनारको कोरियोग्राफर,सम्पादक र निर्देशक रहेको र्‍याप गीतको भिडियोको सम्पूर्ण जिम्मेवारी 𝐂𝐋𝐀𝐒𝐒 𝐗 𝐒𝐓𝐔𝐃𝐈𝐎 ले लिएको थियो।

यस र्‍याप गीतमा सपोर्टको लागि आइपोपरले साथ दिएको थियो।

गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्न तलको Link खोलेर हेर्नुहोला :

Leave a Reply

Your email address will not be published. Required fields are marked *