पोखरा एफसीद्वारा पोखरा गोल्ड कप २०२४ ‘7 ए साइड’ हुदै ।

(पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप हुदै)

युरोप । पोखरा एफसीद्वारा आयोजित लुक्ला बियर प्रस्तुत पहिलो पोखरा गोल्ड कप २०२४ ‘७ए साइड’ समर्थित रेस्टुरेन्ट दियालो सेप्टेम्बर ८ तारिख आइतवार खेल हुने भएको छ।

प्रतियोगिताको पुरस्कारहरुमा प्रथम पुरस्कार ३००० युरो खसी मेडल र प्रमाणपत्र रहेको छ भने दोस्रो पुरस्कारमा १५०० युरो कुखुराको भाले मेडल र प्रमाणपत्र रहेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी,उच्च स्कोरर,उत्कृष्ट गोलकिपरलाई समेत उचित पुरस्कार रहेको आयोजकले बताए ।

बिहान ९:०० बजेबाट सुरु हुने खेल पोर्चुगलको राजधानी लिस्बनमा रहेको (Vitória Clube de Lisboa,R. Silveira Peixoto 7, 1900-414 Lisboa) मा प्रतियोगिता हुने भएको हो।

प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३५० युरो रहेको आयोजक पोखरा एफसीले बताए ।

प्रतियोगिताको बारे थप केही जानकारीका लागी सम्पर्क नम्बरहरु अनिष गुरुङ 920280014 र प्रजेश गुरुङ 927749589 रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *