नर्वे

नर्वेमा दुई दिने घुम्ती शिविर सम्पन्न

नर्वे — नर्वेको ओस्लोमा आयोजित विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धित दुई दिने घुम्ती सेवा सम्पन्न भएको छ।

विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा दिन डेनमार्कस्थित नेपाली दूतावास कोपेनहेगनको टोली नर्वेको ओस्लो आएको थियो।

जनवरी १२ र १३ गरि दुई दिने सम्पन्न विद्युतीय राहदानी (ई–पासपोर्ट) घुम्ती सेवाबाट करिब १२५ जना सेवा ग्राहीहरूले सेवा लिएको बताइएको छ।


उक्त घुम्ती शिविरमा राहदानी हराएको,च्यातिएको,नयाँ बनाउनुपर्ने लगायत थुप्रै कन्सुलर सेवा उपलब्ध भएको थियो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् नर्वेको समन्वयमा र सहजीकरणमा डेनमार्कस्थित नेपाली दूतावास कोपेनहेगनको टोलीले एनआरएनए नर्वेको आफ्नै कार्यालयमा उक्त शिविर सम्पन्न गरेको हो।

एनआरएनए नर्वेद्वारा यस अघि पनि घुम्ती शिविरहरू सञ्चालन भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *