धादिङका रविन अधिकारीले युवा संयोजक पदमा उम्मेदवारी घोषणा

पोर्चुगल गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को ११औं महाधिवेशन युवा संयोजक पदमा धादिङका रविन अधिकारीले उम्मेदवारी घोषणा गरेका छन्

धादिङ जिल्ला स्थायी घर भइ हाल पोर्चुगलमा बस्दै आएका अधिकारीले आइसीसी युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन्

अधिकारीले संयोजकमा उम्मेदवारी घोषणा गरेपछि एनआरएनएका प्रतिनिधिहरूभित्र खैलाबैला भएको

अधिकारीलेसबल एनआरएनए आजको आवश्यकता, युवा नयाँ पुस्ताको बृहत सहभागितालाई नारा बनाएका छन् अधिकारी १४ वर्षदेखि एनआरएनएमा सक्रिय छन्

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य, पोर्चुगलको युवासंयोजक, आइसीसी सदस्यको जिम्मेवारी उनले सम्हालिसकेका छन्

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्षको रूपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *