Home Login
प्रवास

एकीकृत समाजवादीका प्रवासका नेतालाई मञ्चले गर्यो स्वागत

नेकपा( एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्चको अन्तर्राष्ट्रिय कमिटीले प्रवासको नयाँ जिम्मेवारी पाएका आफ्ना नेताहरूलाई स्वागत गरेको छ।

एकीकृत समाजवादीले प्रवासलाई विशेष प्रदेश कमिटी सरहको मान्यता दिएको छ।

अनलाइन भर्चुअलमार्फत भएको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा अन्य प्रवास इन्चार्ज श्रीप्रसाद शाह, पोलिटब्युरो सदस्य तथा सह इन्चार्ज गौतम राईलाई स्वागत गरिएको थियो।

त्यसैगरी केन्द्रीय सदस्य तथा अमेरिका तथा क्यानडाको इन्चार्ज तुल बहादुर गुरुङ, पूर्व एसियाको इन्चार्ज दोर्ण सिलवाल र केन्द्रीय निर्वाचन आयोग सदस्य तथा युरोप इन्चार्ज सुवास पोखरेललाई स्वागत गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दे इन्चार्ज शाहले प्रवासको जिम्मेवारीमा आएका पार्टीका नेताहरूले प्रवासको परिस्थितिलाई मध्यनजर गर्दे संगठन निर्माणमा लाग्ने बताए।

कार्यक्रममा प्रवासको जिम्मेवारीमा आउने नेताहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम साथै आगामी कार्ययोजनाबारे छलफल समेत भएको सचिव नरेश श्रेष्ठले जानकारी दिए।

Leave a Reply