Home Login
प्रवास

रोमानियामा ग्याल्पो ल्होसार २१५२ मनाइने

लाक्पा तेन्जी शेर्पा।

रोमानिया – रोमानियामा रहेका हिमाली बौद्ध धर्मावलम्बी शेर्पा समुदायको प्रमुख पर्व ग्याल्पो ल्होसार २१५२ (श्यिङ मो डुल लो – काठ स्त्री वर्ष) भव्य र उल्लासमय रूपमा मनाउनको लागि शेर्पा किदुग रोमानिया ले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी मार्च ९, २०२५ (आइतवार) का दिन बुकारेष्ट सेक्टर १, रेष्टुरेन्ट इस्ट को सभा हलमा शुभकामना आदानप्रदान र साँस्कृतिक कार्यक्रम हुनेछ।

कार्यक्रममा रोमानियामा क्रियाशील विभिन्न संघसंस्था, समाजसेवी, नेपाली होटल र रेस्टुरेन्ट व्यवसायीहरू, साथै सञ्चारकर्मीहरू र सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई कार्यक्रमलाई सफल बनाउन आयोजक समितिले हार्दिक अनुरोध गरेको छ।

कार्यक्रमका प्रमुख आकर्षणहरू — 

नेपाली स्वादिष्ट परिकार र पेय पदार्थ, शेर्पा समुदायको परम्परागत स्याब्रु नृत्य, स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, विविध नेपाली सांस्कृतिक कार्यक्रमहरु र DJ Lom@s र DJ दमकसँग सँगै मनोरञ्जनात्मक डिजे प्रस्तुतिहरू र नेपाली लोक र पप गीतका साथ निरन्तर डिजे प्रदर्शन

कार्यक्रममा ल्होसारसम्बन्धी प्रतिभालाई विशेष प्राथमिकता दिइने र सम्पूर्ण सहभागीहरूलाई नेपाली सांस्कृतिक पहिरनमा उपस्थित हुन अनुरोध गरिएको छ।

सदस्यता लाभ —

शेर्पा किदुग रोमानिया का वार्षिक सदस्यता लिन सक्ने तथा नयाँ सदस्यता लिने शेर्पा दाजुभाइ तथा दिदीबहिनीहरूलाई टिकटमा २०% छुट दिइने छ।

ग्याल्पो ल्होसारको मनाइले नेपाली संस्कृतिको प्रवर्द्धन, परम्पराको जगेर्ना र प्रवासमा एकता बढाउने उद्देश्यलाई पूरा गर्नेछ। आयोजक समितिले सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई यस पर्वलाई भव्य र ऐतिहासिक बनाइदिन अनुरोध गरेको छ।

 

Leave a Reply