पोर्चुगल

तामाङ सेलो टिकटक ३ विशाल लामा र पुष्पा गुरुङको अभिनयमा सार्वजनिक

पोर्चुगल — सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।

कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन्। यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

(उक्त सार्वजनिक गीतमा अभिनय गर्दै गर्दा विशाल लामाको तस्बिर)

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

यतिबेला,
जितु लोप्चन र जेबी जिम्बाको आवाजमा नयाँ तामाङ सेलो टिकटक ३ नाम दिएको गीत जेबी जिम्बा युटुब च्यानलवाट बजारमा बुधबार सार्वजनिक भएको छ। त्यस्तै उक्त सार्वजनिक गीतमा शब्दसंगीत जेबी जिम्बाले दिएका छन्।

गीतको भिडियोमा विशाल लामा र पुष्पा गुरुङले अभिनय गरेका छन् भने उनीहरूलाई रेशम खत्री, उज्वल ढकाल, पूजा मोक्तान, स्मृति सुवेदी, संस्कृति, बिना लामाले नृत्यमा साथ दिएका छन्।

(उक्त सार्वजनिक गीतमा अभिनय गर्दै गरेका तस्बिर)

उक्त सार्वजनिक भएको भिडियोलाई सम्पादन र कलर निरा तामाङले गरेका छन्। भिडियोलाई राकेश सुनारले निर्देशन र छायांकनमा रविन्द्र न्यौपानेले गेरका छन्।

युरोपेली मुलुक पोर्चुगलको रमणीय ठाउँहरूमा छायांकन गरिएको म्युजिक भिडियोले अहिले सामाजिक सञ्जाल टिकटक, युट्युब र फेसबुकमा चर्चा कमाइरहेको छ।

राजधानी लिस्बनस्थित विभिन्न ठाउँमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा टिकटकमा भाइरल भएको र टिकटक बनाउँदा भाइरल भइने कुरालाई देखाइएको छ।

करिब ४० देखि ५० हजारको हाराहारीमा पोर्चुगलमा छरेर बसेका नेपालीहरू मध्ये केही कलाकारिता क्षेत्रमा आबद्ध भएर पनि काम गर्दै आइरहेका छन्। नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउनको लागि निकै महत्वपूर्ण भूमिका खेलिरहेको हामीले अनुमान लगाउन सकिन्छ।

भिडियो हेर्नुहोस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *