Home Login
प्रवास

पोल्याण्डमा आप्रवासी विरोधी प्रदर्शन बढ्दै

पोल्याण्ड — पोल्याण्डका विभिन्न सहर तथा नगरहरूमा आप्रवासी विरोधी प्रदर्शनहरू भएका छन् । प्रदर्शनहरूमा अधिकांश ठाउँमा सयौं मानिस सहभागी भएका थिए । दक्षिणी सहर काटोविसमा आयोजित सबैभन्दा ठूलो प्रदर्शनमा करिब ३ हजार मानिस सहभागी भएको प्रहरीको अनुमान छ ।

यी प्रदर्शनहरू कडा दक्षिणपन्थी राजनीतिक समूह र अर्को राष्ट्रवादी संगठनले मिलेर आयोजना गरेका थिए ।

कोन्फेडेराच्या र विपक्षी दल लअ एन्ड जस्टिस (पिस) का नेताहरूले पोल्याण्डमा अवैध आप्रवासनको बाढी आएको दाबी गर्दै आएका छन् । तर सरकारी तथ्याङ्कहरूले उनीहरूको दाबीलाई भने पुष्टि गर्दैन ।

कोन्फेडेराच्या का सह अध्यक्ष क्रिज्टोफ बोसाकले पूर्वी सहर बियालिस्टोक मा आयोजित भेलामा पोल्याण्डलाई अवैध आप्रवासनबाट बन्द नगरेसम्म, जबरजस्ती निष्कासन प्रक्रिया सुरु नगरेसम्म, र तथाकथित राजनीतिक शुद्धता त्याग नगरेसम्म, देशको सुरक्षा क्रमशः कमजोर हुँदै जाने बताएका छन ।

राजधानी वार्सा मा आप्रवासी विरोधी र समर्थन पक्षबीच केही मिटरको दूरीमै प्रतिस्पर्धी प्रदर्शनहरू भए पनि कुनै हिंसाको रिपोर्ट छैन । दक्षिणपन्थी नेताहरूले पोल्याण्डमा अवैध आप्रवासीले भरिने खतरा रहेको बताएका छन् ।

पछिल्लो दशकमा आप्रवासन वृद्धि भए पनि सरकारी तथ्याङ्क अनुसार यो वर्षको आप्रवासन दर अघिल्ला वर्षहरूको तुलनामा कम छ ।

यस महिनाको सुरुमा पोल्याण्डले जर्मनी र लिथुएनियासँगको सीमामा आवागमन जाँच कडा बनाएको थियो । जर्मनीले सन् २०२३ देखि पोल्याण्ड र चेक गणराज्यसँगको सीमामा आफ्ना नियन्त्रणहरू थप कडा बनाएको थियो ।

Leave a Reply