स्पेन — माओवादी केन्द्र निकट जनप्रगतिशिल मञ्च स्पेनको केन्द्रिय समिति बैठकले संगठनलाई थप सशक्त बनाउने उद्देश्यका साथ ११ जना व्यत्तिहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।
बैठक स्पेनस्थित जनप्रगतिशिल मञ्चका अध्यक्ष विशाल ढुङ्गानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा जनप्रगतिशिल मञ्च युरोपका उपाध्यक्ष गंगा भुषाल र विशिष्ट अतिथि युरोप कमिटीका सचिव अर्जुन आचार्यको उपस्थिति रहेको थियो । बैठकमा मञ्चका विभिन्न नेताहरू तथा सदस्यहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।
बैठकले सचिन नेपाल, सुर्य बहादुर श्रेष्ठ, तेजेन्द्र मैनाली, टीपी पराजुली, सुर्य प्रसाद पौडेल, शिव विश्वकर्मा, कृष्ण पुन, प्रेम किसन, राम प्रसाद ढकाल, अनन्त तिखत्री र उत्तम गुरुङलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
कार्यक्रमको सञ्चालन जनप्रगतिशिल मञ्च स्पेनका महासचिव सुर्य प्रसाद सापकोटाले गर्नुभएको थियो । प्रमुख अतिथि गंगा भुषालले देशको समसामयिक राजनीति, प्रवासमा नेपालीहरूले भोगिरहेका समस्या तथा चुनौतीका विषयमा प्रकाश पार्नुका साथै नव९मनोनित केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम सफल र उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएका छन् ।