Home Login
साईप्रस

साइप्रसमा ‘हरितालिका तीज तथा दर खाने कार्यक्रम’ हुने

साइप्रस — युरोपेली मुलुक साइप्रस स्थित लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनद्वारा नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा ‘हरितालिका तीज तथा दर खाने कार्यक्रम’ हुने भएको छ ।

(तस्वीरमा : कार्यक्रमको दिन दिइने खानेकुराको परिकार)

कार्यक्रम आउँदो अगस्ट २४ तारिख आइतबार लिमासोलको ‘नियो फिस्टा हल’मा हुने भएको हो ।

नेपाली नारीहरुको महान पर्व तीजको अवसरमा  आयोजना हुने उक्त कार्यक्रममा साइप्रसमा रहेका स्थानीय कलाकारहरू र ‘गोर्खा ब्याण्ड’ ले समेत सांगीतिक प्रस्तुति दिने आयोजक गोर्खा किचनले बताएको छ ।

कार्यक्रमको बारे अझै विस्तृत जानकारी आयोजकले केही दिनपछि अर्को पोस्टरमा बताउने भएको छ ।

(तस्बिरमा : आयोजक गोर्खा किचनको लोगो)

Leave a Reply