Home Login
मनोरंजन

पाफोसमा भव्य हरितालिका तीज कार्यक्रम आयोजना हुने

पाफोस, साइप्रस आउँदो अगस्ट २४ तारिख, आइतबारका दिन साइप्रसको पाफोसमा ‘लामा अपार्ट’को आयोजनामा भव्य हरितालिका तीज विशेष कार्यक्रम आयोजना हुने भएको छ ।

प्रवासमा रहेका नेपाली महिला तथा सम्पूर्ण नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रमले तीजको सांस्कृतिक महत्वलाई जीवन्त राख्ने र आपसी सद्भाव बढाउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय कलाकारहरूले तीज विशेष सांस्कृतिक प्रस्तुति दिनेछन्, जसले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउनेछ । साथै, तीजको मौलिकता झल्काउने नेपाली गीत-सङ्गीतमा सहभागीहरूले भरपुर मनोरञ्जन लिन पाउनेछन् ।

कार्यक्रमको अर्को प्रमुख आकर्षणको रूपमा दर खाने कार्यक्रम रहेको छ । सहभागीहरूका लागि टिपिकल नेपाली परिकारहरूको व्यवस्था गरिएको छ, जसमा पुलाउ, लोकल खसिको लेदो, नेपाली अचार, सेल, राज्मा ग्रेभी, सब्जी तरकारी, नेपाली सलाद र दरको रूपमा खीर समावेश छन् ।

कार्यक्रममा सहभागी हुनका लागि टिकट शुल्क २० युरो तोकिएको छ । पाफोस बाहिरबाट आउने सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै बसको समेत व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रमबारे थप जानकारी तथा टिकट बुकिङका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिनेछ :

  • सुबास वाइबा : 97819683
  • पियुश लामा न्हेगि : 94560560
  • जिसम क्षेत्री : 95119138
  • अबि स्याङ्तान : 95591437

Leave a Reply