Home Login
भिडियो

‘तीजमा लुखुरी माईत दुकुरी’ गीतको म्युजिक भिडियो सार्वजनिक

पोर्चुगल — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘तीजमा लुखुरी माईत दुकुरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

उक्त सार्वजनिक भएको गीतमा चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएकी छिन् । गीतमा शान थापाको उत्कृष्ट शब्द रहेको छ । संगीतमा ऋषि खड्काको मिठो आवाज संगै मन छुने शब्द गासेर, पछिल्लो समयको गतिविधि गीतमा दर्शइएको छ ।

दर्शक श्रोताले गीतलाई निकै मन पराएका छन् भने गीतको म्युजिक भिडियोलाई मनोज पौडेलले छायांकन तथा बिबेक सुनारको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ । त्यस्तै गीतलाई शान थापाले निर्देशन गरेका छन् । गीतमा सुशीला थापा र करिश्मा केसीको अभिनय रहेको छ । उक्त सार्वजनिक गीतको निर्माता केन्द्र लिम्बू रहेका छन् ।

यस गीत ‘केन्द्र मोशन पिक्चर्स’ को युटुब च्यानलबाट सार्वजनिक भएको छ । गीतले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गीतको पुरा म्युजिक भिडियो हेर्नुहोला ।

 

 

Leave a Reply