Home Login
साईप्रस

साइप्रसमा एक नेपाली चेली समुन्द्रमा डुबेर मृत्यु

साइप्रस — साइप्रसको पर्यटकीय क्षेत्र फामागुस्तास्थित पोर्टारसको फिग ट्री वे नजिकैको समुन्द्र किनारमा एक नेपाली चेलीको डुबेर मृत्यु भएको छ । उस्मि रजक नाम गरेकी ती महिलाको शव समुन्द्रमा तैरिरहेको अवस्थामा फेला परेको र पारालिम्नी जनरल हस्पिटलले स्थानीय समयअनुसार बिहान ७:३० बजे मृत घोषणा गरेको बताइएको छ । यो दुःखद घटनाको विषयमा एनआरएनए साइप्रसले आफ्नो फेस्बुक पेजमा एक पोस्ट गर्दै जानकारी गराएको हो ।

घटनाको विवरणमा उल्लेख भएअनुसार, मृतक रजकको शव समुन्द्र किनारमा भेटिएपछि उनलाई तत्कालै नजिकैको पारालिम्नी जनरल हस्पिटलमा लगिएको थियो, जहाँ डाक्टरहरूले उनलाई मृत घोषित गरेका थिए ।

साइप्रसस्थित नेपाली समुदायका प्रतिनिधिहरू तथा संघसंस्थाहरूले पनि यस विषयमा जानकारी संकलन गर्ने प्रयास गरिरहेका छन् । घटनाको आधिकारिक पुष्टि भएपछि मृतकको पहिचान, स्थायी ठेगाना र घटनाको परिस्थितिबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

हालसम्म मृतकको आत्माको चिर शान्तिको कामना गर्दै सामाजिक सञ्जालमा धेरैले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । हामी आधिकारिक जानकारीको प्रतीक्षामा छौं र थप विवरण प्राप्त हुनासाथ पाठकहरूलाई अवगत गराउनेछौं ।

Leave a Reply