भिडियो

मनोहर भण्डारीको नयाँ गीत ‘देश बेचेर खानी लाईपो रहिछ नेता भन्ने’ सार्वजनिक

काठमाडौं पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् कति गीतहरुले करोड क्लव प्रवेश गरिसकेका छन् कति गर्ने वालामा छन् यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका कयौ माया पाएका छन्

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको मायाप्रेम बिछोडले भरिएका गीतहरु दैनिक जसो बजारमा आईरहेका छन् त्यसो रमाईला, नचाउने किसीमका गीतहरु पनि बजारमा आईरहेका छन् तर बढि जसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन्

लोक दोहोरी गायक मनोहर भण्डारीले देशको राजनिति यथार्थ चित्रण गरिएको गीतदेश बेचेर खानी लाईपो रहिछ नेता भन्नेसार्वजनिक गरेका छन

मनोहर भण्डारीको शब्द , लय , संगीत तथा निर्देशनमा निर्मित उक्त गीतमा भुवन के पोख्रेल , उमेश सुबेदी लक्ष्मी गौतमको मुख्य अभिनय देख्न सकिन्छ भिडियो गीतको मिक्सिङ तथा म्युजिक एरेन्ज जय देवकोटाको रहेको ।‌

उक्त गीतमा देशको वर्तमान समयको यथार्थ फोहोरी राजनीतिको चित्रण गरेको देख्न सक्छौं गाउँ घरमा चुनावको बेला भोट माग्दा जाँदा जनतालाई देखाएको आश्वासन तथा झुटो आसा चुनाव जितिसके पछि नेता स्वयम आफु बन्नको लागी काम गर्ने तथा राजनीतिको धर्म नै बिर्सेको कथा लाइ यथार्थ देख्न सक्छौं

भिडियोको अन्तमा फोहोरी राजनीति देखेर वाक्क परेका युवाले आइपरेको खण्डमा फोहोरी राजनीतिको अन्त्य गर्न जरो नै उखाली फाल्न सक्छन् भन्ने चित्रण गर्दै नेता माथि खुकुरी प्रहारको दृश्य राखिएको सर्जक भण्डारी बताउछन

गीतको भिडियो Manohar Bhandari युट्युव च्यानल बाट सार्वजनिक गरेका छन्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *