पोल्यान्डको सबैभन्दा ठूलो चिकित्सा क्षेत्रको HIPOKRATES 2025 को लागि “SURGEON OF THE YEAR” डा• बोधराज सुवेदी मनोनयनमा परेका छन् ।
सुवेदी प्रान्तीय स्तरीय छनोटमा परेका हुन् । पोल्यान्डका १६ वटा प्रान्तीय स्तरबाट छनोट भएर आएकाहरु राष्ट्रिय स्तरको छनोट प्रकृयामा जानेछन् ।
पोल्यान्डको प्रसिद्ध समाचार संस्था Polskanews द्वारा एसएमएसमार्फत गरिने यो छनोटका लागि सुवेदीको भोट कोड WHC.53 रहेको छ । भोटिङका लागि अन्तिम समय आगामी नोभेम्बर ६ तारिख राती ९ बजेसम्म तोकिएको छ ।
सुवेदीले सामाजिक सञ्जालमा भोट अपील गर्दे ‘मलाई “SURGEON OF THE YEAR 2025” को उपाधि जित्ने मौका छ र तपाईं प्रत्येकले मलाई यो हासिल गर्न मद्दत गर्न सक्नुहुन्छ । यदि तपाईंहरूले मलाई यस उपाधिको लागि योग्य ठहर गर्नुहुन्छ भने, म प्रत्येक भोटको लागि आभारी हुनेछु’ लेखेका छन् ।
वारसा क्षेत्रका लागि नेपाली अवैतनिक वाणिज्यदूत समेत रहेका सुवेदीले सन् २०२४ मा दोस्रो स्थान हासिल गरेका थिए । शल्यक्रियामा लामो अनुभवी उनी हाल यूरोपियन हेल्थ सेन्टरको ओन्कोलोजिकल सर्जरी विभागमा कार्यरत छन् ।