Home Login
खेलकुद

पोर्चुगलमा सात औं तमु कप २०२५ : विजेतालाई पाँच हजार एक सय युरो

पोर्चुगल — तमु समाज पोर्चुगलले आयोजना गर्ने सात औं तमु कप–२०२५ आगामी ३१ अगष्टमा हुने भएको छ । लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वा हुने उक्त प्रतियोगितामा ७ ए साइड ओपन विजेताले ५ हजार १ सय युरो सहित ट्रफी र मेडल पाउनेछन् । विजेतालाई दिइने पुरस्कार राशी अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको हो ।

त्यस्तै उपविजेताले २ हजार ५ सय यूरो ट्रफी र मेडल पाउनेछन् । त्यसैगरी भेट्रान ३५+ का विजेताले १ हजार ५ सय यूरोसहित ट्रफी र मेडल पाउनेछन् । उपविजेताले भने ७ सय ५० यूरोसहित ट्रफी र मेडल पाउनेछन् ।

यस प्रतियोगिताले नेपाली समुदायबीच खेलकुद, आपसी सद्भाव र भाईचारा बढाउने मात्र नभई समुदायमा नयाँ ऊर्जा र उत्साह पनि उत्पन्न गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७ ए साइड ओपन तर्फ १९ टोली रहेका छन् । जसमा, ग्रुप कालो, हरियो र पहेंलो समूहमा पाँच/पाँच टोली रहेका छन् । त्यस्तै ग्रुप रातोमा चार टोली मात्र समावेश भएका छन् । त्यसैगरी भेट्रान ३५+ तर्फ १० टोली रहेका छन् । जसमा, ग्रुप कालो र हरियो समूहमा पाँच/पाँच टोली रहेका हुन् ।

यसपटक तमु समाज पोर्चुगलको आयोजनामा हुने यस प्रतियोगितालाई ‘रेस्टुरेन्ट दियालो’ ले ठूलो सहयोग दिएको छ, जसले प्रतियोगिताको महत्व र प्रभावलाई अझ बढाएको छ । आयोजक तमु समाजले यो प्रतियोगिता मार्फत नेपाली खेलाडी र दर्शकहरूलाई एक ठाउँमा ल्याउने र खेलकुदको माध्यमबाट समुदायबीच एकता र आपसी सहयोगलाई प्रोत्साहित गर्ने उद्देश्य लिएको छ ।

Leave a Reply