तपाईंको परिवारको सदस्य नेपाल बाट पोर्चुगल आउदै हुनुहुन्छ ?

पोर्चुगल । हामीलाई धेरै साथीले सोध्नुहुन्छ — परिवारको सदस्य नेपाल बाट आउदै हुनुहुन्छ, के सिकेर जानेर अनि बुझेर आउनु पर्ला ?

आफ्नो परिवार को सदस्य श्रीमान् /श्रीमती /छोराछोरी जो कोहि पनि पोर्चुगल ल्याउदै हुनुहुन्छ भने निम्नलिखित कुरामा चै पुर्ब तैयारी गर्नुहोस् है ।

१, परिवार ल्याउन अगाडी बस्ने ठाउँ र कामको लागी सकेसम्म पक्का गर्नुहोस् , नत्र परिवारका लागि कोठा अनि श्रीमान्/श्रीमतीका लागि काम चाहियो भनेर सामाजिक संजाल मा हेल्प पोष्ट लेख्नुपर्ने वा जो कोहि लाई पनि बिन्ती गर्नुपर्ने निकै गाह्रो अवस्था हुन्छ ।

२, नेपालमा रहेका आफ्ना परिवार लाई यहाँको काम, दु:ख , धपेडी, रितिथिती, परम्परा, धर्म, चालचलन, भुगोल, मौसम, बोलिने भाषा लगायतका बारेमा पुर्ण जानकारी गराउनुहोला, त्यसै अनुरुप आउने ब्याक्तीले आफ्नो लागि आवस्यक गर्नुपर्ने पुर्व तैयारी गर्नुहुन्छ ।

३, बच्चाहरु को पढाइ योग्यता को प्रमाणपत्र साथै श्रीमान्/ श्रीमती मध्ये कोहि कुनैपनी बिधा, क्षेत्रमा स्पेसलिस्ट ज्ञान भएको हुनुहुन्छ अथवा त्यो सम्बन्धि पढेको हुनुहुन्छ भने पढाइ को सर्टिफिकेट्हरु लाई नेपाल को शिक्षा बिभाग र परराष्ट्र/कन्सुलरमा छाप लगाइ ल्याउन लगाउनुहोला, पछि यहाँ त्यसै अनुसारको रोजगार पाउन वा त्यसलाई यहाँको संबंधित कार्यलयमा एक्युभ्यालेसन गराइ यहाँको पढाइ सहरको मान्यता दिलाउन सकिन्छ ।

४, आउन अगाडी सकेसम्म ब्यावसायीक तालिम जस्तै: वेटर, हाउस किपिङ्ग, बार टेन्डर, कुक, सुसि, इटालियन खाना, पिज्जा, बर्गर, ब्युटी पार्लर, सिलाइ बुनाइ, हस्तकला लगायतका तालिम लिन लगाउनुहोला ।

५, पोर्चुगलमा सवैभन्दा आवस्यक भाषा हो त्यसकारण काम त हेरेर जानेर बुझेर सिकाएर सिकेर पनि जानिन्छ तर सिकाउन र सिक्नका लागि माध्यम भनेकै भाषा हुने भएकाले “पोर्चुगेज भाषा” को किताब काठमाडौको भोटाहिटी पुस्तक भण्डार असन अनि तपाईंको नजिक वरपर बजारमा पनि पाइन्छ किनेर पढ्नु होला ।

र नेपाल मा रहनुहुने परिवार का सदस्यहरुले पनि आफ्नो आफन्तले कमाएको पैसा/युरो लाई हैन तपाईंको लागि परदेशमा रगत पसिना बगाएर गरेको दुख लाई बुझेर हेरेर मनन गरेर आउनुहोला, तपाइँहरु युरोप आउनुको उदेश्य आपसी सर-सहयोग साथै काम गरेर आर्थिक र जीवन शैलीमा थोरै परिवर्तन ल्याउने हो, यी ठुला गगन चुम्बी घर, पक्की सडक, २४ घन्टे बिजुली, पानी, डिस्को रमझम, रमाइलो पार्क लगायतका सुबिधा बिदेशी कै लागि हुन् हामिलाइ त्यहाँ गएर मुख चुचो पारेर सेल्फी खिच्न लाई मात्र ठिक हुन्छ, तर…वास्तविकता भनेको हाम्रो लागि त सिर्फ बिहान उठे देखि घाम नअस्ताए सम्म काम, अनि फेरि भोली बिहान उठ्यो उहीँ काम मात्र हो, तसर्थ आउनु अगाडी गरिने र आइसकेपछि गर्ने कुराको बारेमा सबैले पुर्व तैयारी गरि आउदा पछि सम्मका लागि सजिलो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *