पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

ad1 ad1

पोर्तुगल । बारा जिल्ला निजगढ न.पा वडा नं. ४ घर भई हाल का.जि. तार्केश्वर न.पा वडा नं. ८ बस्ने वर्ष ४३ की सुष्मा कुमारी खड्काले राजु शाहीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि  रु. ११,००,०००/- ( अक्षेरुपी एघार लाख रुपैयाँ ) लाग्छ र  पोर्चुगल पुगेपछि होटलमा  वेटरमा काम लगाइदिन्छु भनी  मासिक रु. १,२०,०००/- (अक्षेरुपी एक लाख बीस हजार रुपैयाँ) भन्दा धेरै तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ७,५०,०००/- (अक्षरुपी सात लाख पचास हजार रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकी महिला पक्राउ परेकी छन् ।


मिति २०८०।०८।१८ गते अं. ९:०० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ३२ बानेश्वरबाट पक्राउ गरी  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाईएको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *