Home Login
प्रवास

म्याड्रिडस्थित नेपाली दूतावासद्वारा राहदानीका लागि नयाँ फाराम खुला

म्याड्रिड — स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासले वृहत् राहदानी सेवा सम्बन्धी अन्तिम सूचना जारी गर्दै राहदानी (पासपोर्ट) नवीकरण गर्न वा नयाँ बनाउन चाहने आवेदकहरूका लागि नयाँ फाराम खुला गरेको छ । दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत एक सूचना प्रकाशन गर्दै सेवाग्राहीलाई यस प्रक्रियामा सहभागी हुन र नियमहरूको पालना गर्न आग्रह गरेको हो ।

दूतावासको सूचना अनुसार, राहदानी सम्बन्धी सेवा लिन चाहने नेपाली नागरिकहरूले अब अनलाइन माध्यमबाटै आफ्नो फाराम भर्न सक्नेछन् । यसका लागि आवेदकहरूले राहदानी विभागको आधिकारिक पोर्टल https://emrtds.nepalpassport.gov.np मा गएर आवश्यक विवरणहरू भरी आफ्नो आवेदन दर्ता गराउनुपर्ने व्यवस्था मिलाइएको छ ।

यसैगरी, दूतावासले सेवाग्राहीको सुविधा र समयको उचित व्यवस्थापनका लागि आवेदकहरूलाई तोकिएकै समयमा दूतावासमा उपस्थित हुन विशेष अनुरोध गरेको छ । राहदानी सेवालाई व्यवस्थित र सबैको पहुँचयोग्य बनाउने उद्देश्यले दूतावासले एक पटक फाराम भरिसकेका व्यक्तिहरूलाई पुनः फाराम नभर्न सचेत गराएको छ । एउटै व्यक्तिले पटक-पटक फाराम भर्दा अन्य आवश्यक परेका सेवाग्राहीहरू सेवा लिनबाट वञ्चित हुने अवस्था सिर्जना हुने भन्दै दूतावासले यस्तो कार्य नगर्न आग्रह गरेको हो ।

राहदानी आवेदनको प्रक्रिया पूरा गर्न दूतावासमा उपस्थित हुँदा आवेदकहरूले आवश्यक पर्ने सम्पूर्ण कागजातहरूको फोटोकपी अनिवार्य रुपमा आफैँले लिएर आउनुपर्नेछ । राहदानी बनाउन वा नवीकरण गर्न कुन-कुन कागजातहरू आवश्यक पर्छन् भन्ने विस्तृत सूची सेवाग्राहीले दूतावासको आधिकारिक वेबसाइट https://sp.nepalembassy.gov.np/pages/passport-3/ मा गएर हेर्न सक्नेछन् ।

Leave a Reply