पोर्तुगलमा NIF नम्बर भनेको के हो त ? किनमेल गर्दा सधैं NIF नम्बर प्रयोग गर्नुहोस् ।

पोर्तुगल । के हो त NIF नम्बर भनेको ? किन यसको प्रयोग गर्ने ? प्रयोग गर्दै यसको फाइदा के छ ? आज यस विषयमा कुरा गर्ने छु ।

NIF यो एक नम्बर मात्र होइन, यो एक करदाता पहिचान नम्बर हो जुन पोर्चुगलमा कुनै पनि प्रकारको वित्तीय लेनदेन गर्दा अनिवार्य आबश्यक पर्दाछ ।

तपाईंको NIF लाई रसिदमा लिङ्क गर्नाले पोर्चुगलको कर प्रणालीलाई खरिद तपाईंको हो भनी थाहा पाउन सकिन्छ र त्यसरी नै तपाईंको IRS बाट कटौती गर्न सकिन्छ।  त्यहाँ खर्चहरू पनि छन् जसले तपाईंलाई कर लाभहरूको लागि हकदार बनाउँदछ, उदाहरण: मेडिकल बिल, यातायात आदि। तपाईंले आफ्नो आम्दानीसँगै खर्च गर्नुभएको सरकारलाई देखाउनुले तपाईंलाई नियमित नागरिकको रूपमा प्रस्तुत गर्नेछ।

यदि तपाईंले कमाउनुभयो र खर्च देखाउनुभएन भने, त्यसपछि तपाईंले IRS आवेदनको समयमा जरिवाना तिर्न पर्ने हुन्छ, खर्च देखाउनु भयो भने आयकरमा छुट पाउन सकिन्छ ।

तपाईं पोर्तुगलमा बस्दै हुनुहुन्छ भन्ने सबैभन्दा ठूलो प्रमाण NIF नम्बरबाट किनमेल गर्नु र देशको लागि योगदान गर्नु हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *