Home Login
प्रविधि

नन्दुको ‘कलेजो भ्याट भ्याट’ सार्वजनिक (भिडियो सहित)

युरोप । सांगित बजार यतिबेला संगितमय बन्दै गएको छ। सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन्।कस्ता गीत  लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्ला पल्ट धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ।

माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन्। रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

‘हावाको तालमा मायाको जालमा,परे म कसरि? मुटु त ढुकढुक कलेजो भ्याट भ्याट हुन्छ नि बेसरि”

सबैको मुखमा सजिलै झुण्डिन सक्ने माथिका शब्द गायक नन्दु गुरुङको भर्खरै रिलिज भएको गीतका शब्द हुन्।

कुमार गुरुङ द्वरा लेखिएको शब्दलाई नन्दु गुरुङ् आफैले संगित भरेका छन्।पछिल्लो समय “मन पराउँछु”,आउँदैछु पियारि” कति माया गर्छौ” “सपनामा आउने” जस्ता लोकप्रिय गीतहरु दर्शक श्रोताहरुलाई पस्किसकेका गायक गुरुङले यो पटक पनि दर्शक श्रोताहरुको लागि नयाँ तरिकाको कोसेलि पस्किएको बताए ।

चर्चित भिडियो जोडि सरोज प्रजा र बिना राउत अनि टिमले भिडियोमा उत्कृट काम गरेका छन्। पर्यटकिय क्षेत्र गोकर्णको सुन्दर दृष्यहरुमा छायांकन गरिएको भिडियोलाई  रोशन बिश्वकर्माले निर्देशन अनि कोरियोग्राफ गरेको छन्।बिसाल थापाले छायांकन गरेको भिडियोको सम्पादन आई क्याच स्टुडियोमा दिल्सन शाहाले गरेका छन्।

आफ्नो अघिल्लो गीतहरुलई जस्तै यो गीतलाई पनि दर्शक श्रोताहरुले माया दिने कुरामा ढुक्क रहेको गायक गुरुङले बताए।

Leave a Reply