नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशन सम्पन्न

ad1 ad1

पोर्तुगल। नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको सातौँ अधिवेशन हिजो सम्पन्न भएको छ ।

पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न उक्त अधिवेशनबाट अध्यक्षमा धादिङकी सीता ढकाल सुवेदी, महासचिवमा गोविन्द बुढाथोकी सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले २१ सदस्यीय नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको नयाँकार्य समिति गठन गरेको हो ।

बरिस्ठ उपाध्यक्षमा नुवाकोटका पुर्ब विद्यार्थी नेता रेशम बस्नेत रहेका छन् । सचिवमा गोविन्द अधिकारी र राजन गिरी, कोषाध्यक्षमा अनिसा पराजुली रहेका छन् ।

कार्यसमितिका सदस्यहरुमा सरिता शर्मा, सनमान गोले, रवि अधिकारी, दीपक ढुङ्गाना, लक्ष्मीप्रसाद सुवेदी, नृपेश गिरी, देवराज घिमिरे, सुरज भण्डारी, सुवास पौडेल, जीतकुमारी कुंवर, प्रविण लामिछाने छन् ।

त्यसैगरी कार्यसमितिका सदस्यहरुमा गोविन गुरुङ, इन्दिरा कुमारी विक, सोमप्रसाद सुवेदी, पुरुषोत्तम भट्ट, माधव पौडेल, गीता बास्तोला, सुर्य सौगात, सुर्यप्रसाद भण्डारी, विशाल वली, सुवासचन्द्र भट्टराई, सुरेश कुंवर र शम्भुप्रसाद उप्रेती छन् ।

अधिवेशनले सल्लाहकारहरुमा अनन्त तिवारी, गोविन्द थापा र दुर्गा पौडेललाई चयन गरेको छ ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *