होली म्युजिक दिव्या सुव्वाको कन्सर्ट यहीँ मार्च ४ तारिखमा लिस्बनमा

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ ।

देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् ।


गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको आयोजकले हामीलाई बताएका छन् । अनि अब मार्च ४ तारिखको लागि तयारीमा रहने छन्।

दिव्या सुव्वाको चर्चित गीतहरु तिम्रो  मान,आकाश बाटा,Paschatap ,नराम्रो मान्चे ,निर्दोष,परिवर्तन ,आशुले रुझेको जीवन,बिरामी सहर, म तिम्रो आखाँमा सजाउन कहाँ योग्य छु र , तिम्रो मन मेरो लागी घर हो जस्ता थुप्रै गीतहरु रहेका छन् ।

यहीँ मार्च ४ तारिखमा हुने कार्यक्रम पोर्तुगलको राजधानी लिस्वनको Lisboa Ao Vivo मा हुने आयोजकले बताए ।


पोर्तुगलमा अहिले सम्मको कन्सर्ट भन्दा फरक हुने आयोजकले बताएका छन् । किन कि दिव्या सुव्वाको कन्सर्टमा पोर्तुगलमा रहेको प्रख्यात नेपाली व्यान्डहरु दि रायन्श , सविन एन्ड रकर्स ,  सागर एन्ड दि ब्रदर्श , उडान फ्लो , डिजे करिना र डिजे प्रज्वल रहेका छन् । यस भन्दा अगाडिको कन्सर्टहरु एक/दुईवटा व्यान्डहरुले मात्र प्रस्तुति दिएको देखिन्थ्यो तर यस कन्सर्टमा अलि धेरै व्यान्डहरुले प्रस्तुति दिने छन् ।

बेलुकी ८ बजे बाट सुरु हुने कार्यक्रम विहान ३ बजे सम्म चल्ने आयोजकले बताएका छन् ।

आयोजकले दर्शकहरुको लागि यस कार्यक्रममा टिकट लिने मध्य एकले ५०० युरो समेत जित्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *