नेपाली जनसम्पर्क समिति पोर्तुगलले अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्दै

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले मार्च १ तारिख भोलि पोर्तुगलको राजधानी लिस्वनको जिनेसियो हल आन्जुसमा अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने भएको छ ।

भोलि दिउसो ३ बजेबाट ८ बजे सम्म संचालन हुने कार्यक्रममा नेपाली काङ्ग्रेस निकट प्रवास संगठन नेपाली जनसम्पर्क समिति पोर्तुगलले युरोप स्पेनमा  International Socialist को कार्यक्रममा आएका केन्द्रिय स्तरका नेताहरुलाई पोर्तुगलमा निमन्त्रणा गरि केन्द्रिय स्तरका नेताहरुको उपस्थितीमा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो ।

नेपाली काङ्ग्रेस केन्द्रिय सह महामन्त्री एबम पुर्ब मन्त्री महालक्ष्मी उपाध्याय (डिना) , नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य एबम बाग्मती प्रदेश संसदीय दलको नेता तथा बागमति प्रदेशको अर्थ मन्त्री बहादुरशिंह लामा , नेपाली काङ्ग्रेस काभ्रे जिल्ला सभापति एबम बाग्मति प्रदेशको खानेपनि उर्जा तथा सिंचाइ मन्त्री तिर्थ लामा तथा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य नानुमाया बस्तोलाको उपस्थितीमा बृहत अन्तरक्रिया तथा भेटघाट कार्यक्रम गर्ने लागिएको नेपाली जनसम्पर्क समिति पोर्तुगलले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *