आइ पपर्स द्वारा लिस्बनमा रक व्यान्ड कोववेव – COBWEB को साथमा होली फेस्ता हुदै

ad1 ad1

पोर्तुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि मार्च २४ मा नेपालको पहिलो रक व्यान्ड कोववेव – COBWEB द्वारा पोर्तुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट हुने भएको छ ।

विशेषगरी होलीलाई मध्यनजर गर्दै नेपाली युवाहरु माझ चर्चित तथा युवाहरुको मनमुटुमा बस्न सफल कोववेव– COBWEB व्यान्ड द्वारा पोर्तुगलको नेपालीहरु बीच प्रख्यात इभेन्ट म्यानेजमेन्ट आइ पपर्सको आयोजनमा लिस्बनमा होली फेस्ता कन्सर्ट हुन लागेको हो ।

पोर्चुगलको राजधानी लिस्बनमा रहेको भेन्यु Lisboa Ao Vivo मा यही मार्च २४ तारिक आइतबार दिउसो ४ बजेबाट कार्यक्रम सुरु हुने छ ।

पहिलोचोटि पोर्चुगलमा छ जना डिजेले यस कन्सर्टमा मनोरञ्जन दिने छ । डीजे चेतन गुलाटी, डीजे वोन डी, डीजे कमल, डीजे फराय, डीजे मोजा र डीजे क्लेमेन्टले दर्शकहरूलाई मनोरञ्जन गराउने छन् ।

आयोजकले जानकारी दिएअनुसार होली फेस्ता विशेषगरी नेपालीहरूको लागि मात्र नभएर पोर्चुगिजहरूको लागि पनि यस लाइभ कन्सर्ट प्राथमिकता दिएको बताए ।

१९९० मा स्थापना भएको यो कोववेव – COBWEB  व्यान्डको सम्पूर्ण व्यान्ड मेमवर्स उपस्थी हुने लाइभ कन्सर्टको टिकटको शुल्क १५ युरो रहेको आयोजक आइ पपर्सले जानकारी दिएको छ ।

लिस्वनमा नेपालीहरु बीच पहिलो पटक होली फेस्टिभल आयोजना गर्न लागीएकोले हजारौको संख्यामा संगित प्रेमीहरु उपस्थित हुने आयोजकले अपेक्षा समेत गरेको छ । टिकट https://eyepoppers.pt/ बाट लिन सकिने व्यवस्था समेत आयोजक आइ पपर्सले जानकारी दिएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *