के हो त जुन्ता भनेको ?

ad1 ad1
  • के हो जुन्ता ?

यो एउटा येस्तो कागजात हो जस्ले तपाई कुन ठाँउ मा बस्नु हुन्छ भनेर जानकारी दिन्छ । जुन्ता भनेको तपाईंको बस्ने ठाँउको ठेगानाको प्रमाण हो ।

  • किन चाहिन्छ जुन्ता ?

यो कागजात बैंक अकाउन्ट् खोल्न चाहिन्छ । कतिपय बैंकले घरमा ATM कार्ड पठाउने र बैंक अकाउन्ट् खोल्ने ब्यक्ति कुन ठेगानानामा बस्छ । भन्ने जानकारी लेख्नु पर्ने भएकाले यो कागजात आवश्यकता पर्छ ।

आफुलाई थाहा नभएको ठाँउको जुन्ता (बस्ने ठाँउको कागजात ) बनेको छ । भने बैंकमा ATM कार्ड लिन आफै आउछु भन्न सक्नु हुनेछ ।

नोट : बैंकमा आफ्नो Gmail अनि मोबाईल नम्बर दिन नभुल्नु होला किनकि बैंकको जानकारीहरु Gmail मा आउछ । अनि बैंकको एप खोल्न पैसा  ट्रान्सफर गर्ने बेलामा मोबाइल नम्बरमा मेसेज आउने भएकाले बैंक मा मोबाइल नम्बर राख्नु आवश्यक छ ।

2 : SNS नम्बर अथवा  Centro de Saúde (स्वास्थ्य केन्द्र) नम्बर बनाउन चाहिन्छ । यो कागजात पोर्तुगालमा स्वास्थ्य केन्द्रहरुमा  सित्तैमा उपचार गर्न अती आवश्यक कागजात हो । यो  कागजात  भएन भने उपचार गर्नु पर्दा स्वास्थ्य केन्द्रहरुमा महङ्गो पैसा तिर्नुपर्ने हुनेछ । त्यसैले यो कागजात आवश्यक पर्छ ।

3: फिनासमा कम्तीमा ६ महिना पछी आफ्नो  Representative को नाम हटाउन अनि आफ्नो नयाँ  सहि ठेगाना राख्नु आवश्यक पर्छ ।

त्यो समयमा फिनास कार्यलय जादा आफ्नो हाल बसेको ठाँउको  ठेगाना राख्नु आवश्यक पर्ने भएकाले  जुन्ताको आवश्यक पर्छ ।

सोसलमा  पनि आफू बस्ने ठेगाना बदल्नु छ भने  अनलाइन बाट आफैले बदल्न सक्नु हुनेछ । युटुबमा हेरेर how to change social address online search  गर्न सक्नु हुनेछ । ठेगाना बदल्न सोसलको कार्यलयमा जानु भयो भने जुन्ता को आवश्यक पर्छ ।

4: तपाईंको रेसिडेन्ट कार्डको लागी बायोमेट्रिकको लागि जाने दिन — AIMA सेफको कार्यलय जादा तपाईंको  रेसिडेन्ट कार्ड निवास कार्ड आफू बस्ने ठाउँमा नै आउने भएकाले यो कागजात बनाउन आवश्यक पर्छ ।

यो एक जुन्ताको नमुना हो।

  • जुन्ता कसरी  बनाउने ?

दुई जना पोर्तुगिस नागरिकता भएको मान्छे साक्छी बस्यो भने जुन्ताको कार्यलयबाट यो कागजात बनाउन सकिन्छ । जसमा साक्छी बस्ने मान्छेले आफू साक्छी बसेको पैसा लिन सक्छ । त्यसकारण जुन्ता महङ्गो भएको हो ।

2: आफुले काम गरेको कम्पनीको कन्ट्याक्ट्मा आफू बसेको ठाँउको ठेगाना लेखेको हुन्छ ।

त्यो काम कन्ट्याक्ट् अनि अरु आफ्नो कागजात लिएर जुन्ताको कार्यलय जानु भयो भने पनि यो कागजात बनाउन सकिन्छ । यसरी जुन्ता बनाउन भयो भने एकदम सस्तो पर्छ ।

3: आफ्नो बसेको ठाउँमा सोसलबाट आएको कुनै पनि कागजात बाट जुन्ता बनाउन जुन्ता कर्यालयमा अनुरोध गर्न सक्नु हुनेछ । जस्तै सोसलमा अनलाइनबाट आफू बसेको ठाउको ठेगाना राख्नु होस ।

अनि सोसल बाट European Health card बनाउन सक्नु हुनेछ, त्यो कागजात घरमा आएको प्रमाण लिएर जुन्ताको कार्यलय जानु होला ।

पोर्तुगलमा कति ठाँउमा टेबल अनुसार डिसिजन हुने भएकाले ठाँउ अनुसार नियम हुन्छ । तर यो तरिका बाट जुन्ता बनाउनु भयो भने पनि 3 देखी 4 यूरो मै जुन्ता बन्छ ।

  • जुन्ताको समय अबधि कति हुन्छ ?

धेरै जस्तो कार्यलयमा जुन्ताको समय अबधि म्याद समाप्त मिति ३ महिनाको  हुन्छ । तर कुनै कुनै ठाउमा अनुरोध गर्दा पुरानो जुन्ताले पनि  काम गर्छ ।

यहाँ टेबल अनुसार डिसिजन हुने भएकाले  ठाँउ अनुसार नियम हुन्छ।

हाम्रो अनुरोध :

पुरानो पोर्तुगलमा पुरानो दाजु भाई ,दिदिबहिनीहरुलाई अनुरोध छ कि २,४ यूरो पैसा कमाउनको लागी जरुरत नपर्दा पनि नयाँ आउने दाजु भाइ ,दिदिबहिनीहरुलाई जुन्ताको कागजात नबेच्नु होला ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *