एक महिने ब्युटिशिएन तालिम सम्पन्न

पोर्चुगल । नेप्लिज ओमन एसोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ ।

हिजो मार्च १७ तारिख आइतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले नेल सम्बन्धी मेनिकेअर पेडिकेअर जेलिनो जेल र थ्रेडिङ गर्ने तरिकाको बारेमा सिक्नु भएको छ ।

‘कार्यक्रमका प्रमुख अतिथि गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष उमेश कुमार खड्काले पोर्चुगलको नेपाली समाजमा एनआरएनए पछिको दोस्रो ठुलो संस्थाको रूपमा स्थापित भएको नेप्लिज ओमन एसोसिएसनले निकै सराहनीय कामहरू गर्दै आएको र यसबाट एनआरएन ए ले पनि पाठ सिक्नु पर्ने भन्दै नेप्लिज ओमनले गरेका यस्ता कार्यहरूमा सहयोग गर्न तयार रहेको बताउनु भयो।’

त्यस्तै सहभागीहरू सिता थापा प्रतिमा अधिकारीले विदेशको ठाउँमा पनि यस्तो अवसर पाउँदा निकै खुसी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिनु भयो । संस्थाका संरक्षक निर्मला ढकाल प्रशिक्षक मिरा कार्की लगायतले बोल्दै आत्मनिर्भर बन्न सहभागीलाई प्रेरित गर्नु भयो ।

संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीले विदेशमा भाषा र सिप नहुँदा धेरै दिदीबहिनीहरू बेरोजगार बस्नु परेको कारण औँल्याउँदै केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले बेरोजगार, नयाँ आउनु भएका र अति इच्छुक दिदीबहिनीहरूलाई प्राथमिकतामा राखेर तालिम संचालन गरिएको बताउनु भयो।

संस्थाका उपाध्यक्ष बिन्दु गौतमको स्वागत मन्तव्य,सदस्य कला पङ्गेनीको संचालन र संस्थाका अध्यक्ष शान्ति अर्याल अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *