टेकबहादुर तामाङलाई अझै खोजी कार्य जारी

पुस्तक रेग्मी ।

६ अप्रिल २०२४, शनिबार राति ९ बजेतिर पोर्तुगलको मोन्तिजोमा बारको समुन्द्र साईडमा हराईरहेका दुई जना नेपालीहरु मध्ये एकजना लाई आइतबार मृत भेटिएको र अर्को एकजनाको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी भईरहेको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए ।

धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जे घर भई हाल मोन्तिजो पोर्तुगल बस्दै आएका ३० बर्षिय धनबहादुर तामाङ (साजन) र ३८ बर्षिय टेकबहादुर तामाङ एउटै परिवारको सदस्य रहेको भन्ने जानकारी प्राप्त भएको छ।

बेपत्ता मध्ये धबहादुर तामाङको आइतबार शव फेला परेको छ भने बेपत्ता रहेका अर्का टेकबहादुर तामाङको अवस्था हालसम्म अज्ञात रहेकोले सम्बन्धित निकायबाट अझै पनि खोजी कार्य भइरहेको छ । तीन चार दिन यता आइसक्दा पनि टेकबहादुर तामाङको  केही जानकारी प्राप्त भएको छैन।

मृत भेटिएका धनबहादुर तामाङको शव पोष्टमार्ट्मको लागि अस्पताल लगिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *