शुक्रबारदेखि सञ्चालन भएको राहदानी शिविरमा ३५०० भन्दा धेरैको बायोमेट्रिक

(शुक्रबारदेखि सञ्चालन भएको राहदानी शिविर आज एघारौँ दिनसम्म उत्तिकै भिडभाड र निकै सहज ढङ्गले काम भइरहेको छ।)

पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालय लिस्बनमा अगस्ट २ तारिखबाट सुरु भएको पोर्चुगलको राहदानी शिविरमा शुक्रबार पहिलो दिन १ सय ८२ जना सहित अहिले दसौं दिन सम्म आइपुग्दा लगभग ३,४०० जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको उक्त शिविरमा स्वयंसेवकको रूपमा सक्रिय सुस्मिता मैनाली बताए ।

राहदानी शिविरमा शुक्रबार पहिलो दिन १ सय ८२ जना, शनिबार दोश्रो दिन ३ सय ९६ जना, आइतबार तेस्रो दिन ४ सय ९ जना, सोमबार चौथो दिन ४ सय ३६ जना, मंगलबार पाँचौ दिन ३७६ जना, बुधबार छैटौं ३ सय १९ सातौं दिन बिहीबार २५८ र आठौं दिन शुक्रबार लगभग ३१५ जना नवौं दिन शनिबार ३७० जना, हिजो दसौं दिन आइतबार झण्डै ३०७ जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको छ ।

दुई अगस्टबाट सञ्चालन भएको राहदानी शिविरमा एघारौँ दिनसम्म आइपुग्दा र उक्त शिविरमा खटिएका  स्वयंसेवकहरूले निकै मेहनत र चुनौतीपूर्ण हिसाबले काम गरिरहेको बताए ।

उक्त शिविरमा टाढाबाट आएका,वृद्ध,बालबच्चा र अशक्तलाई प्राथमिकता दिएर काम गरिरहेको हामीले प्रत्यक्ष देखेका थियौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *