अब हाँस्छ युरोप कार्यक्रमको तयारी पूरा (कुन-कुन देशमा हुने भयो कार्यक्रम)

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो)

युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट र सेप्टेम्बरमा युरोप टुर गर्ने भएका छन्।

उनीहरूले युरोपको विभिन्न देशहरूमा आफ्नो प्रस्तुति दिनेछन्। मामा इभेन्टगुरुङ के.एन.एस इन्टरटेनमेन्टको संयुक्त आयोजनामा यस कार्यक्रमका लागि उनीहरू युरोप आउने भएका हुन् ।

अहिले नेपाली पुस्ताहरूको हस्ती हाँस्य कलाकार तथा कमेडियन सुमन,भरतमणि र कैलाशको अब हाँस्छ युरोप कार्यक्रमको सुरुवात पोल्याण्डबाट सुरु हुनेछ।अगस्त ३१ तारिख पोल्यान्ड,सेप्टेम्बर २ तारिख बेल्जियम र सेप्टेम्बर ६ तारिख जर्मनीको ह्याम्बरीमा हुने भएको छ।

सेप्टेम्बर ८ तारिख फ्रान्समा कार्यक्रम तयार भएको छ भने फेरि सेप्टेम्बर १४ तारिख जर्मनीको फ्रान्कफर्टमा कार्यक्रम तयार भएको छ । सेप्टेम्बर १६ तारिख फिनल्यान्डमा कार्यक्रम हुने भएको छ भने सेप्टेम्बर २१ तारिख माल्टामा कार्यक्रम हुने भएको हो।


स्पेनमा दुईवटा कार्यक्रम हुने भएको छ। एउटा कार्यक्रम म्याड्रिडमा र अर्को कार्यक्रम बार्सिलोनामा हुने भएको हो। म्याड्रिडमा २२ र बार्सलोनामा २३ तारिख कार्यक्रम हुने भएको छ।

त्यस्तैगरी पोर्चुगलमा सेप्टेम्बर ३० तारिख कार्यक्रम हुने भएको छ भने नर्वेमा र डेनमार्कमा कार्यक्रमको मिति अझै सार्वजनिक भइसकेको छैन।

(लड्ज पोल्याण्ड, एन्टवर्प बेल्जियम, ह्याम्बरी जर्मनी, पेरिस फ्रान्स, फ्रान्कफर्ट जर्मनी, हेलेन्स्की फिनल्याण्ड, भलेटा माल्टा, म्याड्रिड स्पेन, बार्सिलोना स्पेन, लिस्बन पोर्चुगल, ओस्लो नर्वे, डेनमार्क कोपेनहेगन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *