गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा भोलि हुने गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ।)

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको हुन ।

१० वर्षदेखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ।

नेपाली गीत संगीत संरक्षण सम्बर्द्धन र उत्थान कार्यमा अतुलनीय भूमिका निर्वाह गर्दै आएको म्युजिक ल्याब कम्पनीले नेपाल र नेपालीलाई विश्वसामु चिनाउने प्रयास गरिरहेको छ ।

विभिन्न देशको सांगीतिक यात्रा सँगसँगै थाईल्याण्डको बैंककमा भोलि हुने गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्डका लागि नेपालबाट थुप्रै चर्चित कलाकार थाइल्याण्ड पुगिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *