आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा

ad1 ad1

युरोप । क्यानडाको क्यालगरी,एबी स्थित आमा नेप्लिज कुजिन रेस्टुरेन्ट तेस्रो वर्षमा प्रवेश गरेको छ ।

निकै सकारात्मक सोचका धनी युवा व्यावसायिक एक्जुकेटिभ सेफ ज्ञानेन्द्र बञ्जारा शर्माले प्यारी दिवंगत आमालाई सम्मान गर्दै खोलिएको रेस्टुरेन्ट हो आमा नेप्लिज कुजिन ।

नेपाली मौलिक परिकार प्रवर्द्धन गर्ने आतिथ्य क्षेत्रमा नयाँ स्वाद पस्किने क्रमलाई निरन्तरता दिँदै विदेशी भुमिमा नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउनका साथै नेपालीपन र अपनत्व जोगाउन भूमिका खेलेको छ आमा नेप्लिज कुजिनले। जहाँ पुग्दा भोक मात्र होइन गाउँ घरको न्यास्रो पनि मेटिन्छ ।

आमा नेप्लिज कुजिन रेस्टुरेन्ट संचालक शर्माको संक्षिप्त परिचय :

पिता गोविन्द प्रसाद बञ्जारा र माता रूकमणी देवी बञ्जारा कोखबाट सन १९८२ मा दारहिया, विराटनगर-१२,मोरङमा जन्मिएर क्यानडालाई आफ्नो कर्मभूमि बनाएका शर्मा विगत २ दशक भन्दा बढी देखि विदेशमा रहेर पनि नेपाली खाना र संस्कृतिको प्रवर्द्धनमा सक्रिय रहेका छन्।

घुमफिर र खानाप्रतिको प्रेमले उनलाई विश्वभर लग्यो जहाँ उनले भियना,अस्ट्रियामा आफ्नो पाक कला डिप्लोमा गरे र धेरै देशहरूमा पनि काम गरे।

युरोप, उत्तरी अमेरिका र मध्य पूर्वमा खानाको गुणस्तर कायम राख्ने कुरामा ध्यान दिएर खानाको तयारी, मेनु योजना र कार्यान्वयनमा आफ्नो विशेषज्ञता कुशलतापूर्वक प्रदर्शन गरेका छन्।

ह्याट रिजेन्सी, हिल्टन होटल्स, फेयरमन्ट होटल्स, शेरेटन, मेरियट र मिलेनियम होटल्स जस्ता बहुराष्ट्रिय होटल चेनहरूमा सेफको रुपमा काम गर्ने अबसर प्राप्त गरेका छन। सेफ ज्ञानेन्द्र एक मिलनसार र सबैका प्रेरणाक स्रोत ब्यक्तित्व हुन ।

हाल उनि जिबन संग्गिनी तारा पौडेल र छोराछोरीका साथमा सपरिवार अहिले क्यालगरी एबी क्यानडामा बसोबास गर्छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *