युरोपाटिका सम्पादक रेग्मी सम्मानित

युरोप । धुन नेपाल कम्पनीद्वारा मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रमको आयोजना गरेको छ ।

अवार्ड कार्यक्रममा बिभिन्न बिधामा कार्यरत ब्यक्ति हरुलाइ संस्थाले सम्मानित गरेको छ। सम्मानित हुनेमा युरोपबाट प्रकाशित भैरहेको डिजिटल अनलाइन पत्रिका युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेग्मी  पत्रकारिता सम्मानपत्र बाट सम्मानित भएका छन् ।

रेग्मी युरोपाटिका सम्पादक तथा अन्य विभिन्न मिडियामा समेत कलम चलाउछन ।रेग्मीले युरोपमा रहेर युरोपमा भएका सत्य तथ्य घटनाका बारेमा लगाएत अन्य बिधामा समेत कलम चलाएको मुल्यांकन गरि सो संस्थाले उनलाइ सम्मानित गरेको बताएको छ ।

बिदेशी भुमिमा रहेर आफ्नो काममा ब्यस्त रहेता पनि समय निकालेर रेग्मी सम सामयिक घटना लगाएत युरोपमा हुने गरेका सत्य तथ्य बिसयमा उनले कलमको माध्यमबाट आवाज उठाउने गरेका छन ।

रेग्मीले युरोपमा रहेका आवाज बिहिनहरुका आवाज लाइ बाहिर ल्याउने प्रयास गरिरहेका हुनाले संस्थाले सम्मानित गरेको उनको भनाइ छ ।



युरोपबाट प्रकाशित युरोपाटीले छोटो समयमा नै धेरै पाठक हरूको मन जित्न सफल भएको छ । युरोपाटी अहिले युरोपमा मात्र नभई विश्वभरका घटनाहरूलाइ समेत उजागर गर्न सफल भएको छ ।

अवार्ड कार्यक्रममा जनसम्पर्क समिति कांग्रेस सभापति चोलाकान्त पङ्गेनी, आर.टी.एफ.सी फुटबल क्लब अध्यक्ष राजु तामाङ, उग्रतारा रेस्टुरेन्ट केलका टेकबहादुर टमोटा र पूर्व महिला संयोजक गैर आवासीय नेपाली सघ मलेसियाका मेरा गिरी पुरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

धुन नेपाल कम्पनीले हरेक बर्स कार्यक्रम गरि विभिन्न संस्थाका योग्य ब्यक्तिहरुलाइ मुल्यांकन गरि संम्मानित गर्दै आएको छ ।

कुल राज पोखरेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *