क्रोसियामा गायक प्रकाश दुतराजको सांगीतिक कार्यक्रम हुदै ।

जसमान दर्नाल जिवन ।

पछिल्लो समय सालैजो गीत गाएर प्रख्याती कमाएका प्रख्यात गायक प्रकाश दुतराज क्रोसियाको जाग्रीबमा सांगीतिक कोसेली लिएर आउने भएका छन।

क्रोसियाको जेठो नेपाली समुदायको संगठित सामाजिक सस्था “नेपाली संघ राष्ट्रिय कार्यकारी समिति क्रोसिया (मोना)को वार्षिक उत्सवको कार्यक्रमको साइत पारेर गायक दुतराज क्रोसिया आउने भएका हुन।

मोना क्रोसियाका संरक्षक राम कृष्ण शर्माले बताए अनुसार गायक दुतराजले यहीँ सेप्टेम्बर सात तारिक आइतबार क्रोसियाका नेपाली समुदायलाई मिठा मिठा सांगीतिक कोसेली दिने छन भने स्थानीय नेपाली कलाकारहरुले पनि विभिन्न गीत तथा नृत्य प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रम जाग्रीबको बिल्डिङ्ग अफ प्रेकोको हलमा आइतबारको दिन दुई बजे सुरु हुनेछ।

उक्त भब्य सांगीतिक कार्यक्रममा सहभागी हुन दर्शकहरुले दस युरोको टिकट काट्न पर्ने छ भने कार्यक्रमका सहभागीलाई नास्ता पानी सम्म आयोजकले ब्याबस्थापन गरेको र त्यसका लागि टिकटको दस युरो सगै थप पाँच युरो पनि तिर्न पर्ने ब्याबस्था गरिएको मोना क्रोसियाका अध्यक्ष रुपेस सुन्दासले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *