पोर्चुगलको भिसा सेन्टर नेपालमै स्थापना गर्न पहल गर्छु : राजदूत पौडेल

संसदीय सुनुवाइका क्रममा पोर्चुगलका लागि प्रस्तावित राजदूत प्रकाशमणि पौडेलले नेपालको व्यापार घाटा कम गर्न भूमिका खेल्ने बताए।

पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्नका लागि आफूले भूमिका खेल्ने पनि उनको भनाइ थियो । 

संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा प्रस्तावित राजदूत पौडेलले आफ्नो कार्ययोजना प्रस्तुत गर्ने क्रममा पोर्चुगल जान चाहने नेपालीले भारतको नयाँ दिल्ली जानुपर्ने बाध्यता अन्त्य गर्नका लागि आफूले भूमिका खेल्ने बताए ।

पोर्चुगलको भिसा सेन्टर नेपालमा नै स्थापना गर्न पहल गर्नेछौं।त्यहाँ रहेका नेपालीहरूको तथ्यांक संकलनको काममा पनि लाग्नेछु,’ उनले भने, ‘दुई देशबीचको द्विपक्षीय संयन्त्रलाई पनि सक्रिय बनाउनुपर्नेछ।व्यापार घाटा कम गराउने काम पनि गर्नेछु राजदूत पौडेलले भने ।

राजदूतले मुलुकको व्यापार घाटा कम गराउनका लागि मार्केटिङ म्यानेजरका रूपमा पनि काम गर्नुपर्ने पौडेलको भनाइ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *