माल्टामा राहदानी नवीकरणको लागि घुम्ती टोली आउने

ad1 ad1

माल्टा — निकै लामो समयदेखि रोकिएको काम युरोपेली मुलुक माल्टामा आउँदो नोभेम्बर ३० देखि राहदानी नवीकरणको लागि घुम्ती टोली आउने भएको छ।

उक्त घुम्ती टोलीलाई राहदानी विभाग नेपाल र म्याड्रिड दूतावास नेपालले संयोजन गरेको छ भने एनआरएनए माल्टाले सहकार्य गरेको छ।

उक्त राहदानी नवीकरण गर्नको लागि अनलाइन फाराम भर्नको लागि एनआरएनए माल्टाले अनुरोध समेत गरेको छ।

राहदानी नवीकरणको अनलाइन फारम कसरी भर्ने ?

सुरुमा, तपाईँ आफ्नो गुगल वा ब्राउजरमा गएर अङ्ग्रेजीमा ‘राहदानी विभाग नेपाल’ टाइप गर्नुहोस्। त्यसपछि वेबसाइट खुल्छ अनि त्यहाँ क्लिक गरेपछि ‘ePassport को लागी आवेदन दिनुहोस्’ आउँछ त्यसमा क्लिक गर्नुहोस् अनि ‘राहदानीको लागि आवेदन’ मा क्लिक गर्नुहोस्। त्यहाँ तपाईँको अवस्था अनुसार (नवीकरण, बिग्रिएको, हराएको, पहिलो पटक) जुनमा पर्छ त्यसमै क्लिक गर्नुहोस् अनि त्यहाँ ‘Ordinary 34 pages’ भन्ने विकल्प आउँदा त्यसमा क्लिक गरेर अगाडि बढ्नुहोस्।

त्यसपछि Agree गरेर Appointment Country मा Nepal लेख्नुहोस्, Appointment Province मा Bagmati लेख्नुहोस्, Appointment District मा Kathmandu लेख्नुहोस् अनि Appointment Location मा राहदानी विभाग चयन गर्नुहोस्। अनि समय र मिति चयन गरी captcha हानेर आफ्नो फारामलाई Continue गर्नुहोस्।

: फाराम भर्दा आफ्नो विवरण राम्रोसँग राख्नु ।

नोट : पासपोर्टको Bio Page, अन्तिम पृष्ठको स्पष्ट प्रतिलिपि र नागरिकताको पनि स्पष्ट प्रतिलिपि (सकभर रंगिन प्रति) अपलोड गर्नुहोस्। अन्तमा फाइललाई सेभ गरेर डाउनलोड गरी प्रिन्ट निकाल्नुहोस्।

एनआरएनए माल्टाका अनुसार चाँडै नै डेटा कलेक्सनको तयारी गरेर अर्को सूचना प्रकाशन गरी आफ्नो डेटा पठाउन अनुरोध गर्ने भएको छ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *