नेपाल — सगरमाथा संसारको सबैभन्दा अग्लो हिमाल हो, जसको उचाइ समुद्र सतहदेखि ८,८४८.८६ मिटर (२९,०३१.७ फिट) छ। यो हिमाल नेपाल र चीन (तिब्बत) को सिमानामा रहेको छ। सगरमाथालाई तिब्बती भाषामा “चोमोलोङ्मा” (चोमो लुङ्मा) भनिन्छ, जसको अर्थ “पृथ्वीकी देवी” हो।
सगरमाथा विश्वभरका पर्वतारोहीहरूका लागि एउटा आकर्षणको केन्द्र हो। सन् १९५३ मा सर एडमण्ड हिलारी (न्यूजिल्यान्ड) र तेञ्जिङ नोर्गे शेर्पाले पहिलोपटक यस हिमालको सफल आरोहण गरेका थिए।
सगरमाथा केवल पर्यटकीय र साहसिक स्थल मात्र नभई धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्त्व पनि राख्छ। सगरमाथा राष्ट्रिय निकुञ्ज (Sagarmatha National Park) UNESCO को विश्व सम्पदा सूचीमा सूचीकृत छ। तर, वातावरणीय समस्याहरू, जस्तै जलवायु परिवर्तन र प्रदूषणले सगरमाथाको क्षेत्रलाई असर गर्दै आएका छन्। हिमनदीहरू पग्लँदै गएका छन्, र कचरा व्यवस्थापन ठूलो चुनौती बनेको छ।
अहिलेसम्म धेरै पटक सगरमाथा आरोहण गर्ने देशहरू मध्ये नेपाल पहिलो नम्बरमा परेको छ।
नेपालबाट १८५६ जनाले सगरमाथाको आरोहण गरेका छन् भने त्यस्तै संयुक्त राज्य अमेरिकाबाट ७८३ जना , भारतबाट ५४४, चीनबाट ५४४,युकेबाट ४२१,जापानबाट २०९,रुसबाट १९२,क्यानाडाबाट १४८ ,फ्रान्सबाट १३८,अष्ट्रेलियाबाट १२७ ,दक्षिण कोरियाबाट १२१,स्पेनबाट १०० जनाले अहिलेसम्म सगरमाथा आरोहण गरेका छन्।
त्यस्तै जर्मनीबाट ८७,स्विजरल्याण्डबाट ७८,इटालीबाट ७७,अस्ट्रियाबाट ७४,नर्वेबाट ६९,पोल्याण्डबाट ६१ र न्यूजिल्याण्डबाट 52 जनाले सगरमाथा आरोहण गरेका हुन।