संघ-संस्था

किरात याक्थुङ चुम्लुङ साइप्रसको कार्यक्रम अन्तिम तयारीमा

एलिया लिम्बु।

साइप्रस — किरात याक्थुङ चुम्लुङ साइप्रसको आयोजनामा येले तङ्बे ५०८४ चासोक तङ्नामको शुभ अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रमको लागि आयोजक अन्तिम तयारीमा जुटेको छ।

साइप्रसको दोस्रो सुन्दर शहर लिमासोल स्थित मोलोस पार्क नजिकै रहेको ब्रीटानिया म्युजिक हलमा डिसेम्बर १५ तारिख आइतबार हुने उक्त कार्यक्रममा युकेमा बस्ने चर्चित कलाकार गायक नरेश तुम्बाहाङ्फे (फुर्के लाउरे) को विशेष प्रस्तुति समेत रहने साथमा के लाङ् (च्याब्रुङ नाच) या लाङ् (धान नाच) विभिन्न जात जातिको झाँक्री ,भेष भुषा सँगै नृत्य समेत रहने आयोजकले बताए।

त्यस्तै उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको पनि  प्रस्तुति रहने भएको छ।

साइप्रसमा रहेका संघ संस्था तथा साइप्रसमा बसोबास गर्ने नेपालीहरूमा उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल पार्नको लागि समेत आयोजकले आग्रह गरेको छ।

बीस युरो टिकटको व्यवस्था गरेको कार्यक्रमका लागि यातायात,खाजा,चिया खाना,पानी,चिसोको व्यवस्था समेत गरिएको र विस्तृत विवरणको लागि आयोजक किरात याक्थुङ चुम्लुङ साइप्रसले छिटै अर्को सूचना मार्फत बताउने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *