आइमाद्वारा एक लाख आठ हजार जनाको फाइल रद्द

ad1 ad1

युरोपेली मुलुक पोर्चुगलमा अहिले आप्रवासीहरूलाई हेर्ने संस्था आइमाले एक लाख आठ हजार जनाको फाइल रद्द गरेको भन्ने समाचार प्रकाशित भएको छ।

: कस्तो व्यक्तिको खण्डमा फाइल रद्द भएको हुनसक्छ त ?

-यदि पोर्चुगलमा आई यहाँ (लिगल्ली) सेफलक गरी फेरि अरु देशमा (जस्तै: अरु युरोपेली मुलुक अथवा सिन्जन मुलुकमा) गई काम गरेको खण्डमा, यदि कुनै पनि डकुमेन्ट (फाल्ता) छुटपुट भएमा, यदि केही केसहरू परेमा, आइमाले बायोमेट्रिकको लागि पैसा तिर्न  पठाएको इमेललाई चासो नदिएकोमा आदि इत्यादि जस्ता नराम्रो क्रियाकलापहरू गरी तपाईँको नाम कुनै पनि ठाउँमा रजिस्टर भएको खण्डमा चाहिँ आइमाले फाइल रद्द गरेको हुन सक्छ,त्यो हामीले अनुमान पनि लगाउन सकिने कुराहरू हुन् ।

हामीले सामान्य हिसाबले बुझने हो भने पनि : जो व्यक्ति पोर्चुगलमा आई राम्रो सँग काम गरिरहेको छ, ट्याक्स तिरिरहेको छ र उसले आफ्नो बायोमेट्रिकको बेलामा सबै डकुमेन्ट पूरा गरेको छ र उसले कुनै पनि नराम्रो क्रियाकलाप गरि उसको नाम कतै पनि रजिस्टर भएको छैन भने त्यो व्यक्तिलाई केही पनि समस्या वा त्यो व्यक्तिको खण्डमा यस्तो कुनै पनि लागु हुदैन भन्ने हाम्रो बुझाइ हो।

केही समयअघि पोर्चुगल सरकारले आप्रवासीहरूलाई पोर्चुगल आउन कडाई गरेपछि अहिले पोर्चुगलमा आप्रवासीहरू आउन धेरै नै कम भएको छ।

आप्रवासीहरूलाई हेर्ने संस्था आइमाले पेन्डिङमा रहेको फाइलहरूलाई छिटो भन्दा छिटो काम गरी २०२५ भित्रमा सबै केसहरूको समाधान गर्ने भन्ने वाचा गरेको थियो।

त्यही अनुसार,अहिले २०२४ भित्रमा पोर्चुगल आएकाहरूको छिटो बायोमेट्रिकहरु भइरहेको छ।

बायोमेटिङ गर्न जाँदा कुनै पनि डकुमेन्टहरु छुटपुट भएमा आइमाले पछि एउटा मेल पठाएर छुटपुट भएको डकुमेन्ट पठाउनको लागि आग्रह समेत गर्ने गरेको अहिले सामाजिक सञ्जालमा हामीले देख्न सकिन्छ।

यसो भन्दै गर्दा हामीले कुनै पनि निकाय अथवा आइमाको आधिकारिक व्यक्तिसँग सम्पर्क गरेर भनेको होइन तर हामीले जुन कुरा भनेका छौं त्यो न्युज अथवा समाचारमा आएका कुराको खण्डन मात्रै गरेका हौं।

त्यो कुरा तपाईं हामीले अनुमान लगाउन पनि सक्छौ र बायोमेट्रिक भएर आएकाहरु, बायोमेट्रिक गर्न जानेहरू अथवा नयाँ आएर सेफलक गरि इमेल कुरेर बसेकाहरु धेरै जना भएकाले ,´बाहिर सामाजिक सञ्जालमा आएका समाचारहरु चाहिने भन्दा धेरै आउने भएकाले जे हो त्यो मात्र बुझ्नको लागि हामीले सचेत मात्र गरेका हौं ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *