एलिया लिम्बु ।
साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
आइतबार जनवरी १२ तारिख साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हलमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष आशा बुढा मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा डीएसपी रबिन्द्र मान गुरूङ प्रमुख अतिथि हुनुहुन्थ्यो भने बिशिस्ट अतिथिहरुमा साइप्रसमा खटिनु भएका डिएसपी रघु बिष्ट, गैर आवासीय नेपाली संघ साइप्रसका आईसिसि सदस्य कुन्दन कार्की, गैर आवासीय नेपाली संघ साइप्रसका महासचिव धाता नन्द पाण्डे लगायत साइप्रसमा क्रियाशिल विभिन्न संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवीहरुको कार्यक्रममा उपस्थिति रहेको थियो।
संस्थाका सल्लाहकार लालबहादुर बुढा मगरले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थागत शुभकामना मन्तव्यमा किरात याक्थुङ चुम्लुङ साइप्रसको अध्यक्ष चुमन्ता तुम्बापो लिम्बूले दिनु भएको थियो। साथै प्रमुख अतिथि रबिन्द्र मान गुरुङले समेत शुभकामना मन्तव्य दिनु भएको थियो।
साइप्रसमा रहेका स्थानीय नेपाली कलाकारहरुको विभिन्न प्रस्तुतिहरुका साथमा सम्पन्न भएको कार्यक्रममा साइप्रसवासी नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
मगर इतिहास, भाषा, लिपी, संस्कृति संरक्षण-सम्बर्द्धन मगरहरुको मुल मन्त्र,मगरात पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मुल नाराका साथ नेपाल मगर संघ साइप्रसले यसअघि पनि विभिन्न नेपाली सांगीतिक कार्यक्रम गर्दै आएको महासचिव यज्ञ राना मगरले जनाउनु भयो ।
उक्त सम्पन्न माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा माघे सकरातीमा खाइने मगर समुदायका बिशेष परिकारहरु, विभिन्न समुदायका परम्परागत नृत्यहरुका साथमा नेपालमा जस्तै आभाष दिलाउने कोसिस गरेको नेपाल मगर संघ साइप्रसले जनाएको छ ।
कार्यक्रममा उपस्थित विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रममा सहयोग पुर्याउनुहुने सबै साइप्रसवासी नेपालीहरूलाई आयोजक मगर संघ साइप्रसले धन्यवाद समेत व्यक्त गरेका थिए।
संस्थाका महासचिव यज्ञ राना मगरले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।
कार्यक्रमका केही तस्वीरहरु —