Home Login
पोर्चुगल

आइ पपर्सले लिस्वनमा पुन एकपटक एड्रिन प्रधानको साथमा सांगितिक कन्सर्ट आयोजना

नेपाली भाषा,नेपाली सँस्कृती नेपाली चलचित्रलाई माया प्रबर्द्धन गरौभन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा पुन एकपटक सांगितिक कन्र्सट आयोजना गर्ने भएको

नेपाली रकव्याण्ड १९७४ एडि ब्याण्डका मुख्य गायक एड्रिन प्रधानको साथमा आइ पपर्सले उक्त साँगितिक कन्सर्ट गर्ने भएको

आगामी अक्टोबर ३० को दिन लिस्वनमा गर्न लागिएको कार्यक्रमा गायक प्रधानका साथै यहाँ स्थित कलाकारहरुको पनि आफ्नो प्रस्तुती दिने छन्

पोर्तुगलमा विभिन्न समयमा नेपाली कलाकारहरुको साथमा सांगितिक कन्र्सटको आयोजना गर्दै आएको आइ पर्पसले यस पालि अलि फरक टाईपको गर्ने बताएका छन्

आयोजक आई पपर्सका अनुसारहामीले यस भन्दा अघि पनि विभिन्न समयमा नेपालका ख्याती प्राप्त गायकहरुको साथमा सफल रुपमा साँगितिक कार्यक्रमहरु आयोजना गरिसेका छौँ, आशा यो कार्यक्रम पनि भव्य सभ्यरुपमा सफल हुनेछ

सम्बोधन, सक्दिन, पिँजडाको सुगा, चौबन्दी चोली, गुँरासै फुल्यो बनैमा, सम्झि बस्छु, परेलीमा लगाएत दर्जनौँ हिट गितका गायक हुन प्रधान

टिकटमा विशेष अफर : 

कार्यक्रमका लागि पछाडी, अगाडी बाल्कोनी गरी तीन श्रेणीमा टिकटको दर तोकिएको , जस्मा बाल्कोनीका लागि ३० युरो, अगाडी लाइनको लागि २५ युरो पछाडीको लाइनका लागि २० युरो तोकिएको आयोजकले जनाएको

तर, १५ अक्टाबर भन्दा अघि अनलाईन मार्फत टिकट काट्नेहरुको लागि विशेष अफर स्वरुप अगाडी लाइनको टिकट २० युरोमा नै उपलब्ध गराउने बताइएको

त्यसैले बेलैमा अनलाईन मार्फत विशेष छुट सहित आफ्नो टिकट सुरक्षित राख्न सबैमा जानकारी समेत गराइएको यो अफर १५ अक्टोबर सम्मको लागि मात्र उपलब्ध हुनेछ

Leave a Reply