विश्वभर छरिएर रहेका नेपालीहरुलाई समस्या परेमा त्यसको समाधान गर्न प्रतिबद्धभएर लाग्छु : केसी

काठमाडौं। नेपालवाट हरेक दिनजसो रोजगारीको नाममा विदेशिने हजारौ नेपाली युवाहरु छन्। ती युवाहरु देशमा उचित वातावरण तथा रोजगारी नपाएको कारण विदेशिन वाँध्य छन्।

त्यसरी रोजगारीको लागि विदेशिने युवाहरु काममा धेरैजसो अदक्ष हुने गरेका छन्। जसको कारण विदेशको रोजगारीमा नेपाली युवाहरुले राम्रो काम पाउन सकेका छैनन्। अदक्षताको कारण विदेशमा धेरै कठिनाइ भोग्नुपर्ने वाध्यता रहेको छ।

यो बाध्यतालाई दूर गर्ने र गराउने कार्यमा गैरआवासिय नेपाली संघमा लामो समयदेखि नेपाल र नेपालीको हक, हित र अधिकारको लडाई लड्दैआएका गणेश केसीले विदेशमा अदक्ष नेपाली होइन, दक्ष नेपाली भन्ने नारा नै वोकेर आसन्न गैरआवासिय नेपाली संघको निर्वाचनमा होम्मिएका छन्।

एनआरएनको आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। उनै गणेश केसीसंगको आसन्न गैरआवासीय नेपाली संघ को चुनावी एजेन्डाको विषयमा भएको संक्षिप्त कुराकानी– तपाईको चुनावी एजेन्डा के छ ? मेरो मुख्य चुनावी एजेन्डा नै अदक्ष नेपालीलाई दक्ष नेपाली वनाएर विदेशमा शान तथा गौरब बढाउने हो ।

त्यसका लागि नेपालका सातै प्रदेशमा नेपालीहरुलाई दक्ष वनाउने व्यावसायिका सीप तालिम केन्द्र स्थापना गर्ने छु। त्यसको अलावा रोजगारीको सिलसिलामा विदेश जाँदा अपनाउनुपर्ने सवै कार्य तथा प्रकृयाको निःशुल्क परामर्श दिने देखि देश विकासमा विदेशमा सिकेका र जानेका सिपलाई नेपालको विकासमा लगाउने मेरो प्रमुख योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *