Home Login
प्रवास

नेपलिज एशोसियसन– यति हिमालयनको नयाँ बर्ष कार्यक्रम सम्पन्न

म्यानचेस्टर , युके — बेलायतमा नेपालीहरु माझ करिब ३५ बर्ष देखि सक्रिय सस्था नेपलिज एशोसियन यू -के (यति हिमालयन) ले नेपालि नयाँ बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको  छ। 

म्यारीयट होटेल, म्यानचेस्टरमा हिजो (आइतबार अप्रिल २० ) सम्पन्न कार्यक्रममा  बेलायतका लागि नेपाली महामहिम  राजदुत चन्द्र कुमार घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।

राजदुत घिमिरेले नेपाली कला, संस्कृति र परम्परा झल्काउने कार्यक्रम आयोजना गरेकोमा यति हिमालय र सस्थाका अध्यक्ष पुष्प श्रेष्ठलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।   सस्थाले नया बर्षको कार्यक्रम संगै बार्षिक  अधिवेशन सफलताका साथ सम्पन्न गरेको छ।

दुई दिवसिय उक्त कार्यक्रममा वेलायतको विभिन्न स्थानहरुबाट नेपाली र बेलायतीहरुको सहभागिता रहेको थियो । पहिलो दिन त्यस संस्थाको साधारण सभा बसेको थियो । त्यसै साँझमा बार्षिक रात्रीभोजको आयोजना गरिएको थियो । उक्त दुबै कार्यक्रमा बेलायतका लागि नेपाली राजदुत श्री चन्द्र कुमार घिमिरे र नेपाल-ब्रिटेन सोसाईटीका अध्यक्ष निक हिन्टनको उपस्थिति रहेको थियो। 

रास्ट्रिय गान बाट शुरु भएको कार्यक्रममा नेपाली युवायुवतीहरुले संगीत र नृत्य प्रस्तुत गरेका थिए।  एक बर्ष भरि यति हिमालयन सस्थामा अद्भुत भूमिका खेल्ने महिलाहरु मध्यबाट एकलाई बर्ष महिला सम्मान गरिएको थियो।  कार्यक्रममा नृत्य र गायन प्रस्तुत गर्नेहरुलाई पनि सम्मान गरिको थियो।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा सस्थामा अनवरत सेवा गरेका अध्यक्ष पुष्प श्रेष्ठले बेलायतमा  नेपाली समाजलाई एकीकृत गर्न आफु लागि परेको बताउनुभयो।  उहाले आफुहरु युवापुस्तालाई समेटेर जान तयार रहेको र बेलायतमा आउनुभएका युवा पुस्तालाई यति हिमालयन सस्थाको छातामुनि एकतावद्ध हुन समेत आग्रह गर्नुभयो।

सस्थाले हरेक बर्ष बार्षिक कार्यक्रम अन्तर्गत अघिल्लो दिनमा सहभागीहरुको लागि होटेलमा आबासको ब्यबस्था गरिनुको साथै बार्षिक रात्रीभोज तथा नववर्षको सन्ध्याकालीन मनोरजन कार्यक्रम आयोजना गर्ने गरेको समेत अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

 

Leave a Reply