पोर्चुगल — नेपालमा वैशाख २६ देखि प्रदर्शन भएको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ युरोपको विभिन्न देशहरूमा सफलतापूर्वक प्रदर्शन भई सम्पन्न भएको छ ।
मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा यूरोपमा प्रदर्शन गरेको चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगल, बेल्जियम, माल्टा, क्रोएसिया, फ्रान्स, फिनल्याण्ड, आयरल्याण्ड, स्पेन, साइप्रस र डेनमार्क लगायतका देशहरुमा प्रदर्शन भएको हो ।
चलचित्र ‘ऊनको स्वीटर’ युरोपको पोर्चुगलको राजधानी लिस्वानमा प्रदर्शन थियो । त्यस्तै पोर्चुगलमा चलचित्र चार शोमा प्रदर्शन भएको हो । पोर्चुगलको फारो, जम्बुजेरा र टोरेस वेड्रासमा समेत चलचित्र प्रदर्शन भएको थियो ।
त्यसो त, बेल्जियमको पनि विभिन्न सहरहरूमा चलचित्र प्रदर्शन भएको थियो । जसमा एन्टवर्प, ब्रुग, ब्रसेल्स, जेन्ट, लुभेन र ओस्टेन्डेमा प्रदर्शन भएको हो ।
त्यस्तै युरोपेली मुलुक माल्टाको भालेटामा मे १७ तारिख आइतबार र २४ तारिख आइतबार गरी दुई शोमा प्रदर्शन भएको हो । त्यस्तै युरोपको साइप्रस लिमासोलमा मे १८ तारिख आइतबार उक्त चलचित्र प्रदर्शन भएको हो ।
त्यसो त डेनमार्कको कोपेनहेगन सहरहरूमा उक्त चलचित्र प्रदर्शन भएको थियो । क्रोएसियाको जाग्रेब,
फिनल्याण्डको हेलसिंकी र उलो, फ्रान्सको पेरिसमा प्रदर्शन भएको थियो । त्यस्तै जर्मनीको फ्र्याङ्कफर्ट, ह्याम्बर्ग, म्युनिख र स्टटगार्ट, आयरल्याण्डको डब्लिन र लक्जमबर्गको किर्चबर्ग, स्पेनको बार्सिलोनामा प्रदर्शन भएको हो ।
चलचित्र ‘ऊनको स्वीटर’ नेदरल्याण्डको एम्स्टर्डम र नर्वेको ओस्लोमा छिटै प्रदर्शन हुने आयोजकले बताएको छ ।
‘नेपालीभाषा, नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया रप्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले संयुक्त रूपमा युरोपको विभिन्न देशहरूमा नेपाली चलचित्र प्रदर्शन र सांगीतिक कार्यक्रम गर्दै आएको छ ।
आर्टमान्डू नेपाल र केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा बनेको चलचित्र ‘ऊनको स्वीटर’ ले सफल प्रदर्शनको ५१ दिने उत्सव समेत मनाएको थियो । नवीन चौहानको लेखन तथा निर्देशन सुरज कटुवालको सह-लेखन, मुख्य सहायक निर्देशक फिरोज खड्का रहेको चलचित्रमा गायक सुजन चापागाईं र कोविद बज्रको संगीत, हर्क साउदको शब्द रचना रहने छ ।
मामा ईभेन्ट्स र गुरुङ केएनएस ईन्टरटेन्मेन्टले चलचित्र ‘ऊनको स्वीटर’ को आधिकारिक यूरोप वितरक रहेका हुन् भने केन्द्र मोशन पिक्चर्स प्रमुख प्रायोजक रहेका छन् । चलचित्र ‘ऊनको स्वीटर’ युरोपमा राम्रो प्रदर्शन भएको आयोजक गुरुङ केएनएस ईन्टरटेन्मेन्टका सञ्चालक किरण गुरुङले बताएका छन् । हामीले सोचेको जस्तो सफलता पाएका छौं, पहिलोपटक हामीले यसरी चलचित्र युरोपमा प्रदर्शन गर्न पाउँदा हामी निकै खुसी पनि छौँ, उनले भने ।
पहिलोपटक चलचित्र युरोपमा प्रदर्शन गर्न पाउँदा हामीलाई अझै उत्साहजनक सफलता मिलेको महसुस भएको छ । युरोपमा ‘बक्स अफिस’ चलचित्र पहिलोपटक सफलतापूर्वक सम्पन्न भएकोमा हामी हाम्रा दर्शकहरूलाई धन्यवाद दिन चाहन्छौँ, गुरुङले भने ।
पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक टिकटक लगायत विभिन्न प्लटफर्महरुमा अहिले उक्त चलचित्रको विषयमा नेपाली दर्शकहरूले निकै राम्रो प्रतिक्रियाहरू दिइरहेका छन् ।
चलचित्रमा विपीन र मिरुनासँगै माओत्से गुरुङ, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, प्रेम सुब्बा, इन्द्रनारायण आङदेम्बे र नरेश लावती लगायतका कलाकारको अभिनय रहनेछ ।