Home Login
खेलकुद

पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको निधनप्रति आन्द्रे भेन्टुरा स्तब्ध

पोर्चुगल — इंग्लिस क्लब लिभरपुलका पोर्चुगिज स्टार फरवार्ड डियोगो जोटाको कार दुर्घटनामा निधन भएको खबर अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । स्पेनको जमोरा प्रान्तमा भएको सो दुर्घटनामा जोटाको ज्यान गएको समाचार संस्था मार्काले जनाएको छ ।

२८ वर्षीय जोटा पोर्चुगलका राष्ट्रिय खेलाडी समेत हुन् र इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलबाट खेल्दै आएका थिए । पोर्चुगलको दोस्रो ठूलो दल सेगा पार्टीका सभापति आन्द्रे भेन्टुराले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

सेगा पार्टीका सभापति आन्द्रे भेन्टुराले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भने, आज पोर्चुगलको लागि दुखद दिन हो । हाम्रो झण्डाको रङहरूलाई सधैं राम्रोसँग प्रतिनिधित्व गर्ने डियोगो जोटाले हामीलाई चाँडै छोडेर गए । उहाँले सम्पूर्ण देशको गौरव आफूसँगै लिएर जानुभएको छ । उहाँको परिवारप्रति गहिरो समवेदना, उहाँको शान्तिको कामना भेन्टुराले भने ।

प्रारम्भिक जानकारी अनुसार गाडी अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ । कारमा उनी उनका भाइसँगै थिए । दुवैको निधन भएको छ । रिपोर्ट अनुसार कार दुर्घटनापछि आगो लागेको थियो ।

Leave a Reply